Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

प्रेम सम्वन्धमा खटपट भएपछि झापामा एक छात्रामाथि धारिलो हतियार प्रहार

खबरडबली संवाददाता

झापा । पछिल्ले समय प्रेम सम्बन्धमा खटपट हुँदा प्रेम सम्बन्ध अप्रिय घटनामा परिणत हुन थालेको छ । झापामा यस्तै भएका कारण अर्को अप्रिय घटना घटेको छ।

दमकमा एक छात्रामाथि गोली प्रहारको घटना भएको एक महिना नबित्दै भद्रपुरमा शुक्रवार प्रेम सम्बन्धमा खटपट भएकै कारण अर्की छात्रामाथि पनि धारिलो हतियार प्रहार भएको छ।

भद्रपुरकी एक युवतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका –९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर– ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ।  घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर घर फर्किएकी थिइन्। बसबाट ओर्लिएर घरतर्फ हिडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए ।  पक्राउ परेका अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ।

अभिषेक पनि एसएस निकेतनमा पढ्थे । कक्षा १२ को परीक्षा दिएर उनी घर बसिरहेका थिए । यस्तो घटना घटेपछि एसएस निकेतनका शिक्षक तथा विद्यार्थीहरू चकित परेका छन् । दुवै विद्यार्थी सरल स्वभावका रहेका विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले बताए । अभिषेकले घटाएकसो घटना कल्पना गर्न नसकिने उनको भनाइ छ । श्रेयामाथि दाउ प्रहार गर्ने घटना दुःखद भएको उनले बताए ।

यसअघि गत बैशाख २१ गते दमकमा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार भएको थियो । उदयपुर घर भइ दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी (निशा) माथि गोली प्रहार भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending