धनुषा । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयको शुक्रबार राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दुवै कार्यालयमा जग्गासम्बन्धी कामकाज आजैदेखि सुरु भएको छ। राष्ट्रियसभा सदस्य ढुंगानाले संघीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताएका छन्।
कार्यालय सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका नागरिकलाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने छ। जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केबरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुर जानु नपर्ने बताए।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले मालपोत र नापी कार्यालय सञ्चालनमा आएसँगै ढल्केबरमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न जुटेको बताएका छन्। उनले कार्यालय सञ्चालनसँगै यहाँको व्यापार–व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे।
ढल्केबर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साबिकका गाविसहरु ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीनवटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवा प्रदान गर्ने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: