Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त

खबरडबली संवाददाता

म्याग्दी । मुस्ताङमा पािलएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ ।     

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो । 

पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

“एक वर्षअघि विज्ञहरुको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्याङ्ग्राको भुवा नमुनाका रुपमा सङ्कलन गरी गुणस्तर परीक्षणका लागि लैजानुभएको थियो”, उनले भने, “यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौँ ।” 

चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच÷पाँच वटा फरकफरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुनाका रुपमा भुवा सङ्कलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए । परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तराष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए ।

सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परीक्षण गरिएको अन्तराष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । “च्याङग्राको भूवा पस्मिनाका लागि ९क० श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ”, उनले भने । 

प्रतिवेदन सार्वजनिकीकरणसँगै सुझाव अनुसार कश्मिरका डा खिलाल खान र अन्तराष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्राडा सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङग्रा पाल्ने गोठ, आहारा र नष्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही जेठ ९ गतेदेखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो ।

टोलीसँगै मुस्ताङ पुग्नुभएकी नेपालका लागि युरोपियन युनियन ९इयु०का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गर्नुभएको ‘पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम फार्म’को उद्घाटन गरेका थिए ।

मुस्ताङमा च्याङग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रर्वर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताए । विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा सङ्कलन केन्द्रको अनुगमन गरेका थिए । 

पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपभोगी बन्ने कृषक वाङ्दीले बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्याङ्ग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए । च्याङ्ग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गर्ने उनको भनाइ छ ।

प्राकृतिकरुपमा कम उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले मनग्य आम्दानी गर्नसक्ने सम्भावना बढेको छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रुपमा रहेको पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चापदार्थका रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ ।

विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए । उनका अनुसार सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा सङ्कलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख र जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएका छन् ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending