Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

खोटाङको खोटेहाङ गाउँपालिका सुम्लिखामा यलम्बर उद्यान

खबरडबली संवाददाता

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क ९उद्यान० स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।     

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।     

उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उनले भने, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”     

किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गरेका थिए  । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिए ।     

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ ।    

जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending