Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

पर्वतका विद्यार्थीले बनाएको ड्रोनको सफल परीक्षण

खबरडबली संवाददाता

पर्वत । यहाँको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् । 

नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परीक्षण गरेका हुन् । कक्षा १० मा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल साही र सविन आरडीले ड्रोन बनाएका हुन् । क्यामेरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर वरिपरी उडाउन सकिने क्षमताको रहेको छ । 

कतिपय स्थानीय स्तरमा र कतिपय पोखरा, काठमाडौँ, बुटवल र भारतबाट समेत सामग्री जुटाएर ड्रोन निर्माण गरिएको विद्यार्थी उत्सभ गिरीले जानकारी दिए । विज्ञान विषयमा सिकेको ज्ञान तथा युटुब, विभिन्न बेवसाइट, शिक्षक तथा विभिन्न प्रदर्शनीमा देखेका आधारमा ड्रोन तयार पारिएको गिरीले बताए । 

ड्रोनमा क्यामेरा जडान गरेर फोटो तथा भिडियो खिच्न सकिन्छ भने यसलाई परिमार्जन गरेर सामान बोक्नका लागि प्रयोगसमेत गर्न सकिने अर्का विद्यार्थी विज्ञान पौडेलले बताए । उनका अनुसार यसका लागि आवश्यक सामाग्री स्थानीय स्तरमा नपाइने भएकाले लामो समय लागेको हो । गत माघ अन्तिमदेखि ड्रोन निर्माण शुरु गरिएको भए पनि आवश्यक उपकरण समयमै उपलव्ध नभएकाले वैशाख अन्तिम सातामात्र उनीहरूले पूर्णता दिएका हुन् । 

ड्रोन निर्माणका लागि आफ्नो सिप र परिश्रम बाहेक रु ५१ हजार सात सय ५० खर्च लागेको ड्रोन निर्माणकर्ता विद्यार्थी सुजन सुवेदीले बताए । फ्रेम, पंखा, इन्जिन, ब्याट्री, मोटर, फ्लाइट कन्ट्रोलर, ट्रान्समिटर, एसी लगायतका उपकरण प्रयोग गरिएको उनले बताए । 

विद्यालयको नियमित पठनपाठनको अतिरिक्त समय व्यवस्थापन गरेर ड्रोन तयार गरिएको हो । दोस्रो प्रयासमा ड्रोन तयार भएको सुवेदीले बताए । उनीहरूले यस अघि रोवर्ट पनि बनाएको थियो । 

प्रधानाध्यापक इन्द्रमान खत्रीले विद्यार्थीले अतिरिक्त क्रियाकलापका रूपमा प्रविधितर्फ आकर्षण भएको बताए । उनले प्रविधिको हिसाबमा विश्वले नै फड्को मारेका बेला आफ्ना विद्यालयका विद्यार्थीले पनि यान्त्रिक उपकरण बनाएर सफल परीक्षण गरेको बताए । उनले विद्यार्थीहरूलाई विद्यालयले पनि आवश्यक साथ, सल्लाह र हौसला प्रदान गरेको बताएयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले विभिन्न शैक्षिक प्रदर्शनीमा जाँदा अन्य क्षेत्रका विद्यार्थीले गरेका विभिन्न आविस्कारका वस्तु देखेपछि आफ्नो विद्यालयका विद्यार्थीले पनि ड्रोन निर्माण गरेको बताए ।

ड्रोन बनाएर उडाएका विद्यार्थीले अब सामान बोक्न मिल्ने ड्रोन बनाउने तयारी गरेका छन् । त्यसका लागि आवश्यक सामग्री जुटाउन थालेको बताएका छन् । ती विद्यार्थीले नै उच्च शिक्षामा इलेक्ट्रोनिक इन्जिनियर बन्ने योजनासमेत बनाएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending