विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएको छन् । विराटनगरमा आयोजित श्रमाधान रोजगार मेला सफलताको शुभकामना दिँदै उनले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको दूरी हटाउन मेला फलदायी हुने बताए ।
मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको मन्त्री अर्यालले जानकारी दिए । तीनै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने बताउनुभयो । यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने उहाँले जानकारी दिए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजी कमजोर भएकाले रोजगार सिर्जना कम भएको बताए । उनले भने, “पुँजी कमजोर भएका कारण उद्योग फस्टाउन सकेनन साथै रोजगार पनि सिर्जना हुन सकेन ।”
बैंकको चर्को ब्याज र कोभिड–१९ का कारण थला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पुँजी बलियो बनाउनुपर्ने जोड दिनुभयो । उहाँले विराटनगरको जोगबनीदेखि चीन जोड्ने किमाथाङ्का बाटो निर्माण भए हजारौँ रोजगारी सिर्जना हुने बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर भएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच दूरी घटाउन मेला आयोजना गरिएको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्ने वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय छन भने। राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबैभन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रको मागप्रति गम्भीर बन्नुपर्ने धारणा राखे । निजी क्षेत्रले संयोजन गरेको उक्त मेला शुक्रबारसम्म चल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...
चैत्र १३ गते, २०८२ - १७:२५
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...
चैत्र १३ गते, २०८२ - १७:२१
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...
चैत्र १३ गते, २०८२ - १६:५८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...
चैत्र १३ गते, २०८२ - १६:३९
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...
चैत्र १३ गते, २०८२ - १६:२९
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...
चैत्र १३ गते, २०८२ - १६:१३
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...
चैत्र १३ गते, २०८२ - १६:०४
काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...
चैत्र १३ गते, २०८२ - १५:५४
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...



प्रतिकृया लेख्नुहोस्: