काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कानुन बिना मान्छेलाई सडकमा ठिंग्याउनु गलत भएको बताएका छन् । ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई सडकमा उभ्याएर ट्राफिक नियमकै पालनाका लागि खटाइन थालेपछि खतिवडाले प्रतिक्रिया दिएका हुन् ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘ अहिले सडकमा केही मान्छेहरूलाई, कुनै मन्त्रीको निर्देशनमा, कुनै उपप्रधानमन्त्रीको निर्देशनमा, बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना सरासर गलत छ । मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो ।’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमा ‘अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ’ भन्ने जानकारीयुक्त पोस्ट गरेका थिए ।
बुधबारदेखि नै सडकमा ट्राफिक नियम उल्लंघनकर्तालाई राख्न थालिएको थियो । यसैप्रति लक्षित गर्दै खतिवडाले यस विषयमा आफू नेतृत्वको समितिमा छलफल गर्ने बताए ।
‘कार्यकारीलाई काम गर्न हामी रोक्दैनौँ । तर कार्यकारीले पनि कानुनसम्मत, संविधानसम्मत र मान्छेको वैयक्तिक अधिकारसम्मत रुपमा गर्नुपर्छ । मानवअधिकारको कुरालाई पनि हेर्नुपर्छ । जंगबहादुरभन्दा पनि उग्ररुपमा प्रस्तुत हुने पद्धतिको हामी विरोध गर्छौँ । कानुन हातमा लिने अधिकार कसैलाई छैन । समितिका सदस्यहरूसँग छलफल गरेर सायद हामी एकदुई दिनमा बैठक बोलाउँछौँ’, उनले भने ।
उनले आफूहरूले संविधान निर्माण गरेको र त्यसमार्फत् सबै जात, वर्ग र धर्मको अधिकार पनि स्थापित गरेको स्मरण गरे । थपे, ‘कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ । तर कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन ।’
खतिवडाले कानुनी राज्य भनेको राणा शासन नभएको बताए । ‘जंगेको शासन होइन । फेसबुकबाट निर्देशन दिने । अनि कानुन बिना नागरिकलाई सडकमा उभ्याउने काम गलत छ । यो पद्धतिका विरुद्धमा हामीले आवाज उठाउनुपर्ने छ र हामी यसबारेमा बैठक राख्छौँ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:४९
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...
भाद्र १ गते, २०८३ - ०९:४६
झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...
भाद्र १ गते, २०८३ - ०९:४४
मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...
भाद्र १ गते, २०८३ - ०९:२३
गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...
भाद्र १ गते, २०८३ - ०९:१४
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...



प्रतिकृया लेख्नुहोस्: