Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

अदालतबाट जारी पक्राउ पूर्जीलाई प्रहरीकै बेवास्ता !

प्रहरीले खोजीरहेका वडाध्यक्ष नियमित काममा व्यस्त

खबरडबली संवाददाता

विराटनगर । मोरङ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई प्रहरीको खोजीको सूचिमा रहेका रंगेली नगरपालिका ४ का वडाध्यक्षले कार्यालयबाट नियमित काम कारवाही गरिरहेको पाइएको छ ।

सरकारी कागजपत्र किर्ते गरेर अंसियारहरुको हक लाग्ने सम्पति एक जना व्यक्तिको नाममा पार्ने प्रपञ्च गरेको आरोपमा वडाध्यक्ष अवदेश मण्डलसहित १३ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी अनुसन्धान अगाडि बढाउन प्रहरीलाई आदेश गरेको छ । तर प्रहरीले भने पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजी गर्न आनाकानी गर्दै आएको छ । प्रहरीले त्यस घटनामा संलग्न एक जना आरोपीलाईमात्र पक्राउ गरेको छ । किर्ते जालसाँचीमा संलग्न भएको आरोप लागेका बाँकी १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छैन ।

सगोलका अंसियारहरुको अधिकार लाग्ने सम्पति एकलौटी रुपमा हड्प्ने घटनामा वडाध्यक्ष मण्डलसहित साँची किनारामा हस्ताक्षर गर्नेहरु, मालपोत कार्यालयका लेखन्दाससहित १२ जनालाई पक्राउ गरी कारवाही गर्न अदालतले आदेश दिएको भए पनि प्रहरीले त्यस अनुसार काम नगरेको रंगेली ७ का विरेन्द्रकुमार साहले बताए । उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी अभियुक्तहरु गाउँबस्तीमा डुलिरहेको र वडाध्यक्षले नियमित कार्यालयको काम गरिरहेको अवस्थामा प्रमाण नष्ट हुने र मुद्दा दायर गर्ने पक्षमाथि कुनै पनि सुरक्षा चुनौती खडा गर्नसक्ने सम्भावना रहेको बताए । उनले आफूहरु उनीहरुबाट असुरक्षित रहेको समेत बताए ।

सरकारी कागजपत्र किर्ते मुद्दमा मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि वडाअध्यक्ष मण्डलसहित १२ जनालाई प्रहरी कारवाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै उनले आक्रोश पोखे । अनुसन्धान गर्ने निकायबाट भएको व्यवहारले आफूहरुले न्याय नपाउनेमा नै उनले आशंका व्यक्त गरे ।

यो घटनामा मोरङ प्रहरीमा १ जेठमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाअध्यक्ष मण्डलसहित १३ जना विरुद्ध सरकारी कागजपत्र किर्ते गरेको मुद्दामा पक्राउ पूर्जीसमेत जारी भएको छ । जसमध्ये प्रहरीले एकलौटी रुपमा आफ्नो आममा नाममा जग्गा नामसारी गराउने राजकिशोर साहलाई मात्रै पक्राउ गरेको छ ।

वडाध्यक्षसहित १३ जना मिलेर रंगेली–४ आमतोलामा रहेको करिब ३ करोड पर्ने नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा र उद्योग कब्जा गर्ने प्रयास भएको छ । स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग जेठी श्रीमती र जेठीपट्टीका छोराको हक हनन गरी कान्छी श्रीमतीको नाममा ल्याउन रंगेली–४ का वडाअध्यक्ष मण्डलसहितले अनधिकृत लेनदेन गरी पदको दुरुपयोग गरेको उनीहरुको आरोप छ ।

वडाअध्यक्षको अवैध कामलाई रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएको उनीहरुको आरोप छ ।

घर र उद्योगसहित करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी कब्जा गर्ने प्रयत्न भएको पीडित पक्षले जनाएको छ । उनका अनुसार मालपोत कार्यालयमा यसअघि भएको अंश भपाईमा केरमेट गरी किर्ते गरिएको र त्यसका आधारमा सम्पतिमा एकलौटी गर्ने निर्णय विभिन्न निकायबाट हुँदै गएको हो । तर, अर्का अंशियारसँग अंश भर्पाइको सक्कल कागज भएका कारण उनीहरुले किर्ते गरेको खुलेको थियो ।

दुई पत्नीका पति रामप्रसाद साहको अघिल्लो वर्ष मृत्यु भएपछि जेठी श्रीमती कलावतीदेवध्ी र कान्छी कौशिला देवी साह तथा जेठीतर्फका छोरा विरेन्द्रकुमार साह र कान्छीतर्फका छोरा राजकिशोरको नाममा सम्पति भाग लाग्नुपर्नेमा कौशिलालाई सबै सम्पति दिलाइदिने प्रपञ्च गरिएको थियो । वडादेखि नगरपालिका र मालपोतको मिलेमतोमा जग्गा कौशीलादेवी साहको नाममा नामसारी भइसकेको छ । जेठा छोरालाई पत्तो नदिइ कान्छी आमाको नाममा बाबुको सम्पति लगिएको हो । जग्गा नामसारी भएको १० महिनापछि मात्र विरेन्द्रले घटनाबारे पत्तो पाएका हुन् । त्यसपछि उनले मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएपछि प्रहरीमा १ जेठमा जाहेरी दर्ता गराएका हुन् ।

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सो प्रकरणमा संलग्न वडाध्यक्षसहित १३ जना नै सुरुमा फरार भएका थिए । वडाअध्यक्ष पनि केही दिन फरार भए । तर पछि राजनीतिक आडभरोसामा उनीहरु गाउँ फर्केर खुलेआम डुलिरहेका छन् । वडाध्यक्ष मण्डललाई रंगेलीका मेयर दिलिप बगडिया र उपमेयरसमेतले संरक्षण गरेको र उनीहरुकै दबाबमा प्रहरीले एक जना बाहेक बाँकीलाई पक्राउ नगरेको पीडितहरुले आरोप लगाएका छन् ।

‘अहिले पनि खुल्लेआम सार्वजानिक ठाउँमा वडाध्यक्ष मण्डल हिंडडुल गरेका छन् । जसले गर्दा कानुनी राज्यमा राज्य र राज्यका निकायहरु पीडितको पक्षमा हुनुपर्ने हो । तर, अहिलेका काम कारवाही हेर्दा कता कता पीडित पक्षमा नदेखिएको महसुस भएको छ । अहिले भइरहेको काम कारवाही हेर्दा पनि पारदर्शी ढंगले अनुसन्धान नभएको प्रष्ट देखिन्छ,’ उनले भने, ‘पक्राउ पूर्जीमा उल्लेखित दुई व्यक्ति वडाध्यक्ष र रंगेली नगरपालिका उपप्रमुखका पति नेकपा एमालेसँग सम्बद्ध छन् र नेकपा एमाले अहिले सत्तामा भएकोले हामीले न्याय पाउँदैनौं कि भन्ने चिन्ता लागेको छ ।’

५ महिना १२ दिन अगाडी सर्जमिन प्रमाणित भएको कागजलाई लामो समय रोकेर गलत सिफारिस लेखिदिएका कारण पैत्रिक सम्पतिमाथि हक लाग्ने परिवारका सदस्यहरु जालसाँचीबाट ठगीमा पर्नुपर्ने अवस्था आएको विरेन्द्रकुमार साहले बताए । ‘ ५ महिना १२ दिन रोकेर पछि हामीसँग सरोकारसम्म नराखी त्यस्तो सिफारिस कसरी दिइयो ? के कुराले उनीहरुलाई यस्तो प्रभाव परेको हो ? छिटो पक्राउ गरी छानविन गर्न र कडा कारवाही गर्न हाम्रो माग छ ।’

अदालतले पक्राउ गर्नु भनेर आदेश गरिसकेका आरोपितहरुलाई पक्राउ नगरी अनुसन्धान गर्ने हो भने यो मुद्दा प्रभावित हुनसक्ने उनीहरुको आशंका छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending