Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अदालतबाट जारी पक्राउ पूर्जीलाई प्रहरीकै बेवास्ता !

प्रहरीले खोजीरहेका वडाध्यक्ष नियमित काममा व्यस्त

खबरडबली संवाददाता

विराटनगर । मोरङ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई प्रहरीको खोजीको सूचिमा रहेका रंगेली नगरपालिका ४ का वडाध्यक्षले कार्यालयबाट नियमित काम कारवाही गरिरहेको पाइएको छ ।

सरकारी कागजपत्र किर्ते गरेर अंसियारहरुको हक लाग्ने सम्पति एक जना व्यक्तिको नाममा पार्ने प्रपञ्च गरेको आरोपमा वडाध्यक्ष अवदेश मण्डलसहित १३ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी अनुसन्धान अगाडि बढाउन प्रहरीलाई आदेश गरेको छ । तर प्रहरीले भने पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजी गर्न आनाकानी गर्दै आएको छ । प्रहरीले त्यस घटनामा संलग्न एक जना आरोपीलाईमात्र पक्राउ गरेको छ । किर्ते जालसाँचीमा संलग्न भएको आरोप लागेका बाँकी १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छैन ।

सगोलका अंसियारहरुको अधिकार लाग्ने सम्पति एकलौटी रुपमा हड्प्ने घटनामा वडाध्यक्ष मण्डलसहित साँची किनारामा हस्ताक्षर गर्नेहरु, मालपोत कार्यालयका लेखन्दाससहित १२ जनालाई पक्राउ गरी कारवाही गर्न अदालतले आदेश दिएको भए पनि प्रहरीले त्यस अनुसार काम नगरेको रंगेली ७ का विरेन्द्रकुमार साहले बताए । उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी अभियुक्तहरु गाउँबस्तीमा डुलिरहेको र वडाध्यक्षले नियमित कार्यालयको काम गरिरहेको अवस्थामा प्रमाण नष्ट हुने र मुद्दा दायर गर्ने पक्षमाथि कुनै पनि सुरक्षा चुनौती खडा गर्नसक्ने सम्भावना रहेको बताए । उनले आफूहरु उनीहरुबाट असुरक्षित रहेको समेत बताए ।

सरकारी कागजपत्र किर्ते मुद्दमा मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि वडाअध्यक्ष मण्डलसहित १२ जनालाई प्रहरी कारवाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै उनले आक्रोश पोखे । अनुसन्धान गर्ने निकायबाट भएको व्यवहारले आफूहरुले न्याय नपाउनेमा नै उनले आशंका व्यक्त गरे ।

यो घटनामा मोरङ प्रहरीमा १ जेठमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाअध्यक्ष मण्डलसहित १३ जना विरुद्ध सरकारी कागजपत्र किर्ते गरेको मुद्दामा पक्राउ पूर्जीसमेत जारी भएको छ । जसमध्ये प्रहरीले एकलौटी रुपमा आफ्नो आममा नाममा जग्गा नामसारी गराउने राजकिशोर साहलाई मात्रै पक्राउ गरेको छ ।

वडाध्यक्षसहित १३ जना मिलेर रंगेली–४ आमतोलामा रहेको करिब ३ करोड पर्ने नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा र उद्योग कब्जा गर्ने प्रयास भएको छ । स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग जेठी श्रीमती र जेठीपट्टीका छोराको हक हनन गरी कान्छी श्रीमतीको नाममा ल्याउन रंगेली–४ का वडाअध्यक्ष मण्डलसहितले अनधिकृत लेनदेन गरी पदको दुरुपयोग गरेको उनीहरुको आरोप छ ।

वडाअध्यक्षको अवैध कामलाई रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली (निरौला) का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएको उनीहरुको आरोप छ ।

घर र उद्योगसहित करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी कब्जा गर्ने प्रयत्न भएको पीडित पक्षले जनाएको छ । उनका अनुसार मालपोत कार्यालयमा यसअघि भएको अंश भपाईमा केरमेट गरी किर्ते गरिएको र त्यसका आधारमा सम्पतिमा एकलौटी गर्ने निर्णय विभिन्न निकायबाट हुँदै गएको हो । तर, अर्का अंशियारसँग अंश भर्पाइको सक्कल कागज भएका कारण उनीहरुले किर्ते गरेको खुलेको थियो ।

दुई पत्नीका पति रामप्रसाद साहको अघिल्लो वर्ष मृत्यु भएपछि जेठी श्रीमती कलावतीदेवध्ी र कान्छी कौशिला देवी साह तथा जेठीतर्फका छोरा विरेन्द्रकुमार साह र कान्छीतर्फका छोरा राजकिशोरको नाममा सम्पति भाग लाग्नुपर्नेमा कौशिलालाई सबै सम्पति दिलाइदिने प्रपञ्च गरिएको थियो । वडादेखि नगरपालिका र मालपोतको मिलेमतोमा जग्गा कौशीलादेवी साहको नाममा नामसारी भइसकेको छ । जेठा छोरालाई पत्तो नदिइ कान्छी आमाको नाममा बाबुको सम्पति लगिएको हो । जग्गा नामसारी भएको १० महिनापछि मात्र विरेन्द्रले घटनाबारे पत्तो पाएका हुन् । त्यसपछि उनले मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएपछि प्रहरीमा १ जेठमा जाहेरी दर्ता गराएका हुन् ।

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सो प्रकरणमा संलग्न वडाध्यक्षसहित १३ जना नै सुरुमा फरार भएका थिए । वडाअध्यक्ष पनि केही दिन फरार भए । तर पछि राजनीतिक आडभरोसामा उनीहरु गाउँ फर्केर खुलेआम डुलिरहेका छन् । वडाध्यक्ष मण्डललाई रंगेलीका मेयर दिलिप बगडिया र उपमेयरसमेतले संरक्षण गरेको र उनीहरुकै दबाबमा प्रहरीले एक जना बाहेक बाँकीलाई पक्राउ नगरेको पीडितहरुले आरोप लगाएका छन् ।

‘अहिले पनि खुल्लेआम सार्वजानिक ठाउँमा वडाध्यक्ष मण्डल हिंडडुल गरेका छन् । जसले गर्दा कानुनी राज्यमा राज्य र राज्यका निकायहरु पीडितको पक्षमा हुनुपर्ने हो । तर, अहिलेका काम कारवाही हेर्दा कता कता पीडित पक्षमा नदेखिएको महसुस भएको छ । अहिले भइरहेको काम कारवाही हेर्दा पनि पारदर्शी ढंगले अनुसन्धान नभएको प्रष्ट देखिन्छ,’ उनले भने, ‘पक्राउ पूर्जीमा उल्लेखित दुई व्यक्ति वडाध्यक्ष र रंगेली नगरपालिका उपप्रमुखका पति नेकपा एमालेसँग सम्बद्ध छन् र नेकपा एमाले अहिले सत्तामा भएकोले हामीले न्याय पाउँदैनौं कि भन्ने चिन्ता लागेको छ ।’

५ महिना १२ दिन अगाडी सर्जमिन प्रमाणित भएको कागजलाई लामो समय रोकेर गलत सिफारिस लेखिदिएका कारण पैत्रिक सम्पतिमाथि हक लाग्ने परिवारका सदस्यहरु जालसाँचीबाट ठगीमा पर्नुपर्ने अवस्था आएको विरेन्द्रकुमार साहले बताए । ‘ ५ महिना १२ दिन रोकेर पछि हामीसँग सरोकारसम्म नराखी त्यस्तो सिफारिस कसरी दिइयो ? के कुराले उनीहरुलाई यस्तो प्रभाव परेको हो ? छिटो पक्राउ गरी छानविन गर्न र कडा कारवाही गर्न हाम्रो माग छ ।’

अदालतले पक्राउ गर्नु भनेर आदेश गरिसकेका आरोपितहरुलाई पक्राउ नगरी अनुसन्धान गर्ने हो भने यो मुद्दा प्रभावित हुनसक्ने उनीहरुको आशंका छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending