दाङ । खेतका गह्राभरी हरियो धनियाँ छ।
एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी।
उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए।
अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्।
दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए।
बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए।
उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ।
धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए। धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए।
उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय रूपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ।
धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए।
‘वैशाख, जेठ र असारमा धनियाँ १० रूपैयाँ प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ,’ उनले भने।
गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए।
‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ,’ उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्छु त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ।’
छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रै महिना गर्ने गरेको उनले बताए।
‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ,’ उनले भने। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: