काठमाडौं। नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र ९सिड्स० को चौथो सम्मेलनमा सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड दिएकी हुन्।
सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
परराष्ट्र सचिव लम्सालले सिड्स सम्मेलनको उद्घाटन सत्रमा भाग लिनाका साथै अल्पविकसित तथा भूपरिवेष्टित विकासशील मुलुक र साना टापु राष्ट्रका लागि राष्ट्रसङ्घका उपमहासचिव रबाब फतिमासँग भेटवार्ता गरेकी थिइन्।
त्यस अवसरमा उनीहरुबीच नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीका साथै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल भएको थियो। नेपालको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति, सहज सङ्क्रमण र अल्प विकसित राष्ट्रहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको उक्त नियोगले जनाएको छ।
सम्मेलनका क्रममा परराष्ट्र सचिव लम्सालले युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख इगोर झोभ्केभासँग भेटवार्ता गरेकी थिइन्। उनीहरुबीच अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–युक्रेन साझेदारीबारे पनि छलफल भएको थियो।
साथै उनले स्टोनियाको प्रतिनिधिमण्डलकी नेत्री मिन्ना(लिना लिन्डलाई भेटेर राष्ट्रसंघीय सहायता प्रारुपमा रहेर नेपाल–स्टोनिया सम्बन्ध विस्तारबारे विचार(विमर्श गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: