विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवास र तीनवटा कार कब्जा गरेको आरोप लगाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘निवर्तमान मुख्यमन्त्रीले हिजो आफू मुख्यमन्त्री हुँदा प्रयोग गरेको निवास चाबी लगाएर जानुभयो । काठमाडौँमा रहेको मुख्यमन्त्रीको निवासमा पनि चाबी लगाएर हिँड्नुभएको छ । राज्यको सम्पत्ति कब्जा गर्ने काम भएको छ,’ भण्डारीले भने, ‘उहाँले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी ऐन २०७५ को उल्लङ्घन गर्नुभयो र सवारी साधनसमेत कब्जामा लिनुभएको छ ।’
उनका अनुसार तत्कालीन मुख्यमन्त्री केदार कार्कीले भीभीआईपी ०६२७ नम्बरको कार र स्वकीय सचिवले प्रयोग गर्ने ००४६ नम्बरको कार, प्रमुख स्वकीय सचिवले प्रयोग गर्ने ६२४ नम्बरको स्कर्पियो र २५१७ नम्बरको स्कुटर अहिलेसम्म नबुझाएका हुन् ।
निवर्तमान मुख्यमन्त्री कार्कीले आफू पदमुक्त भइसकेपछि एक हप्तामा सबै निवास खाली गर्नुपर्ने र सामान फिर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्थाको उल्लङ्घन गरेको उनले दाबी गरे । ‘कानुनको व्यवस्था अनुसार मुख्यमन्त्रीले पदबाट मुक्त भएपछि एक हप्ताभित्र निवास र प्रयोग गरेका सामान फिर्ता गर्नुपर्छ । त्यो किन गर्नुभएको छैन रु अदालतमा मुद्दा चलिरहेको बहानाले राज्यको सम्पत्ति गैरकानुनी ढङ्गले प्रयोग गर्ने काम निवर्तमान मुख्यमन्त्रीले गर्न सुहाउने काम होइन,’ भण्डारीले भने ।
भण्डारीले प्रदेशसभाले पारित गरेको सङ्कल्प प्रस्तावको विषयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले गैर संवैधानिक ढङ्गले सरकारका निकायहरूमा पत्राचार गरेको विषयको छानबिन गर्न पनि माग गरे ।
यसअघि प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर सांसदहरू किशोरचन्द्र दुलाल, गीतादेवी रेग्मी, कमलबहादुर विश्वकर्मा, तिलचन पाठक, रामदेव यादव र रोहितबहादुर कार्कीले समसामयिक विषयमा बोलेका थिए । आजको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित रहेको छ ।
काँग्रेसले वर्तमान सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्ति प्रक्रियाको विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट निवेदन दिएको विषयको निर्क्योल नभएसम्म प्रदेशसभा सञ्चालन गर्नु नहुने भन्दै प्रदेशसभा बहिष्कार गरेको हो । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि आगामी जेठ १६ गते सुनुवाइका लागि पेशी तोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: