Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने

खबरडबली संवाददाता

काठमाडौं । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।

‘संस्कृतिको उत्थान, इतिहासको संरक्षण र नागरिकको स्वाभिमान स् सुशासन, सेवा र विकासमार्फत वडा निर्माण हाम्रो अभियान’ नाराका साथ नगरपालिका वडा नं १० ले आज बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौँ उपत्यका नगरप्रमुख मञ्चले सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिए ।

उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताए । उनले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिए ।

वडावासीले उठाएका प्रश्न र जिज्ञासाबारे वडाध्यक्ष नवराज भट्टराईले आव २०७२र०७३ को स्थानीय जग्गासम्बन्धी प्रतिवेदन अध्ययन गरी नगरपालिकाले आफ्ना सरकारी जग्गा संरक्षण गर्न घेराबेरालगायत काम गर्ने र मिचिएका जमिन खोजी गर्ने जानकारी दिए । उनका अनुसार हाल नगरपालिकास्तरमा जग्गा संरक्षण समिति बनेको र अब वडास्तरमा उपसमितिहरू खडा गरिने छ ।

नगरपालिकाका प्रवक्ता भट्टराईले नगरका फोहर सङ्कलन र व्यवस्थापन गर्न विभिन्न कम्पनीबिच प्रतिस्पर्धा गराई योग्यलाई जिम्मेवारी दिइएको, विद्युतीय चुल्होको प्रयोग बढाउन प्रेरणा दिने हिसाबले वडाकै बजेट खर्च गरी अनुदानमा साङ्केतिक रूपमा ९२ वटा इन्डक्सन चुलो वितरण गरिएको र कपन बहुमुखी क्याम्पसलाई भविष्यमा विश्वविद्यालयकै स्वरूप दिनेगरी हाल आफैँले पूर्णरूपले सञ्चालन गर्न थालिएको जानकारी पनि दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्र अब एक दुई दिनमै वितरण गरिने छ ।

कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न भएका आयोजना तथा विकासनिर्माण गतिविधि तथा सुशासन र सेवा विषयमा वडावासीको प्रतिक्रिया तथा आगामी आव २०८१र०८२ का लागि नीति, योजना र बजेट कार्यक्रमसम्बन्धमा सुझाव सङ्कलन गरिनाका साथै नगर अस्पताल, ह्यान्डबल ग्राउन्ड निर्माण र व्यवस्थापन, वडाको प्रशासनिक भवन शिलान्यास तथा अन्य विकास गतिविधि समेटिएको छ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending