काठमाडौं । यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ । पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायकमण्डलले रु २५ हजार राशिको पुरस्कार राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष बराललाई प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
बुबा पूर्णदीप बराल र आमा मनमाया बरालका ७६ वर्षीय छोरा कोमलनाथ बराल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं २६ मा जन्मिएका हुन् । नादेश साप्ताहिकका पूर्वसम्पादक बरालले विसं २०५६ मा राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारिता सुरू गरेका थिएयो । उनी राससको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनी हाल प्रेस सेन्टर नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार रहेकबा छन् । बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशको सम्पादकमा रहँदा सहकार्य गरेका थिए ।
यसैगरी ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार धमेन्द्र कर्णलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र समयबोध साप्ताहिकका सम्पादक ५७ वर्षीय कर्ण जनकपुरधाम उपहानगरपालिका वडा नं १० मा जन्मिएका हुन् । बाबु निर्भय शङ्कर लाल कर्ण र आमा प्रभावतीदेवी कर्णका छोरा कर्णले विसं २०३६ देखि पत्रकारिता सुरू गरेका थिए ।
यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गर्ने निर्णय भएको सेन्टरका महासचिव पौडेलले जानकारी दिए । पत्रकार ढकाल हाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखाको अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य हुन् । उनीका बुबा राजेन्द्र ढकाललाई विसं २०५५ मा राज्यद्वारा बेपत्ता पारिएको थियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसका दिन आगामी माघ १५ गते प्रदान गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...



प्रतिकृया लेख्नुहोस्: