काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बिषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन्।
काकडभिट्टा–लौकही सडक खण्ड शिलान्यासका लागि झापा पुगेका ओलीले सिरोहिया पक्राउको बिषयमा ह्यु एन्ड क्राई धेरै भइरहेको बताए।
उनले भने। ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन। कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। त्यस सम्बन्धमा फौजदारी कुरा होला ।’
अरू व्यक्ति पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारगृहका सञ्चालक फौजदारी मुद्दामा पक्राउ पर्दा कसरी खतरामा पर्छ भनेर प्रतिप्रश्न गरे।
उनले थपे, ‘यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने। एकजना मिडिया हाउका मान्छे गिरफ्तार भए डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? सही हो कि गलत भयो, म त्यता जान चाहन्न। टाइमिङ ठिक भयो कि भएन, त्यो बेग्लै कुरा होला। तर डमोक्रेसी नै खतरामा परिहाल्यो त? के सञ्चारका हकहरु खोसिएकै हुन् त? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो।’
गृहमन्त्री लामिछाने जोडिएका सहकारीका विषयमा समाचार लेखेका आधारमा पक्राउ गरिएको भन्ने आरोप पनि ओलीले अस्वीकार गरे। उनले थपे, ‘अहिलेको गिरफ्तारी लेखेको विषयमा हो र? के लेखेको विषयमा भनेको छ सरकारले?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८१ - ०९:३३
भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो । यो सडकखण्डको करिब २५ किलो...
माघ २५ गते, २०८१ - ०९:२९
महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ। ...
माघ २५ गते, २०८१ - ०८:५९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनता...
माघ २५ गते, २०८१ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थ...
माघ २५ गते, २०८१ - ०८:४८
सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ...
माघ २५ गते, २०८१ - ०७:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रि...
माघ २५ गते, २०८१ - ०७:४७
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको...
माघ २५ गते, २०८१ - ०७:४०
काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि...
माघ २५ गते, २०८१ - ०७:२७
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा...
माघ २५ गते, २०८१ - ०७:१८
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको ...
प्रतिकृया लेख्नुहोस्: