Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

गृहमन्त्रीले गगनलक्षित गर्दै ‘देशको सूचना बेचेको’ भन्ने आरोप प्रमाणित नगरे कांग्रेसले राजीनामा माग्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापा लक्षित देशको सूचना बेचेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप पुष्टि नगरे राजीनामा माग्ने भएको छ। 

आइतबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभा बैठकमा  देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्नेु भनेका थिए।

गृहमन्त्री लामिछानेका यी भनाइ अराजनीतिक, गैरजिम्मेवार, आपत्तिजनक र निन्दनीय भएको भन्दै कांग्रेसले कि यो आरोप प्रमाणित गर्न कि गृहमन्त्री हटाउन माग गर्ने भएको छ।

सोमबार कान्तिपुर टेलिभिजनको ुफायरसाइडु कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्ण सिटौलाले गृहमन्त्री लामिछानेका भनाइ कि प्रमाणित गर्न, कि उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई कांग्रेसले माग गर्ने बताएका हुन्।

उनले भनेका छन्- गृहमन्त्रीको राजीनामाबारे हामी प्रधानमन्त्रीसँग कुरा गर्छौं। हाम्रो प्रश्न प्रधानमन्त्रीसँग छ। के सरकारले कांग्रेसलाई हेर्ने दृष्टिकोण यही हो? हामी चुनौती दिएर भन्न चाहन्छौं, कि यसलाई प्रमाणित गर कि गृहमन्त्री हटाऊ। के कांग्रेस सूचना बेच्ने हो? प्रधानमन्त्रीले देशलाई कता लैजान खोजेको होरु हामी गृहमन्त्री जान्दैनौं अब। उहाँ (गृहमन्त्री) ले सोची, सम्झी, लिखित रूपमा आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसमाथि यस्तो संघीन आरोप लगाउने आधार कहाँबाट पाउनुभयो।

आज आएर गृहमन्त्रीले यस्तो भन्नु खेदपूर्ण रहेको पनि उनले बताए।

उनले थप भने- कहाँ उभिएर बोल्दै हुनुहुन्छ उहाँ। मजाकमा केटाकेटी खेले जस्तो बोल्नुभएको छ। यसले गम्भीर मोड लिन्छ। हामीले संसदीय दलबाट सोमबार निर्णय गरिसकेका छौं। पर्सि कार्य समितिबाट निर्णय गर्छौं। गृहमन्त्री लामिछानेले जुन आरोप कांग्रेस र कांग्रेस साथीहरूमाथि सांकेतिक रूपमा लगाउनुभएको छ, हामी चुनौती दिन्छौं, त्यो प्रमाणित गरेर देखाउनुस्।

लामिछानेले गृहमन्त्री पदको दुरूपयोग गरेको भन्दै सिटौलाले उनका अभिव्यक्ति गलत, झुटा, असत्य र भ्रामक भएको बताएका छन्।

उनले भने- पञ्चायतमा पनि कुनै कम्युनिस्ट, कांग्रेसविरूद्ध गृहमन्त्रीहरू यसरी प्रस्तुत भएका थिएनन्। राजा महेन्द्रले कांग्रेसमाथि यति ठूलो आरोप लगाउन सकेनन्। राजा ज्ञानेन्द्रका पालामा गृहमन्त्री कमल थापाले पनि यस्तो संघीन आरोप लगाएर कहिल्यै बोलेनन्। यस्तो उत्तेजित र हिंस्रक आरोप लाएनन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending