Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

खबरडबली संवाददाता

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् । 

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउछन् । “फाँट तिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उनले भने, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।”

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । आँफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उनले गुनासो गरे। 

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिए । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागतीखेती गर्न थालेका छौँ ।” 

कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका छन् । त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म रु ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भने, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।”

सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताए । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उनको बुझाइ छ ।

महानगर कृषि महाशाखा प्रमुख कडरिया पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउछन्। कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उनले बताए। “कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरूरी छ”, उनले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिसम्वन्धी अध्यादेश पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ, सरकारबाट बाहिरिने अवस्था बन्दैछः अध्यक्ष ठाकुर

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताएको छन । सर्लाही सदरमुकाम मलङ्गव...

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : चार जनाको मृत्यु, २६ घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएक...

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चप...

रुकुमपश्चिमको खारा ब्यारेक नजिक फेरि भेटियो बम

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । त्रिवेणी गाउँपालिका ६ पात्लास्थित रमेश ओलीको खेतबार...

‘फोर नेसन्स कप’ का लागि महिला टोलीको घोषणा

काठमाडौँ । घरेलु मैदान दशरथ रङ्गशालामा फागुन ४ देखि १५ गतेसम्म हुने ‘फोर नेसन्स कप’अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला ट...

रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त...

कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

स्याङ्जा । कार्यसम्पादनको मूल्याङ्कनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट काली...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरीजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वित...

सबै नेपालीसम्म निरोधात्मक अभियान पुर्‍याऔँः स्वास्थ्यमन्त्री

लेखनाथ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरू विरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिएको छन । बिहीबार ...

त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy