काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा। भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् । उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्- राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।
गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कार्वाई होस् । राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: