Ntc summer Offer
Khabar Dabali १२ असार २०८१ मंगलवार | 25th June, 2024 Tue
NIMB

हिंसात्मक आक्रमणपछि किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डीआईजी पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।  गृह मन्त्रालयले ...

असाधारण विद्रोहपछि अब हामीले महाधिवेशनबाट तय गर्नुपर्ने बाटो

नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेका केही गम्भीर वैचारिक, सैद्धान्तिक र सांगठानिक विचलनहरूका विरुद्ध विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्श...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् वार्षिक ५ करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक ५ करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्ल...

सिन्धुपाल्चोकमा भारी वर्षापछि मेलम्चीमा बाढी, फट्टेको अस्थायी पुल बगायो

काठमाडौं । मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल ब...

सोमपाल कामीका बुवाआमा भारतको पञ्जाबमा अहिले के गर्दैछन् ?

काठमाडौं । "मेरो छोराले हाम्रो इज्जत बढाएकोमा मलाई गर्व छ," यो भनाइ हो- नेपालको राष्ट्रिय क्रिकेट टोलीका एकजना चर्चित खेलाडी सोमपाल कामीकी आमा जुनादेव...

साढे १५ करोडको लागतमा बिर्तामोड-शनिश्चरे सडक कालोपत्र

झापा ।  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६...

‘लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका...

वीरगन्जमा खानेपानीको अभाव, पाइप प्वाल पारेर पानी चोरी

पर्सा । वीरगन्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् ।  चालु आर्थिक वर्षक...

आफूखुशी गैरहाजिर रहेका यी १३ प्रहरी सात दिनभित्र सम्पर्कमा नआए हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक  निरीक्षकदेखि...

मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies