Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 

ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका ३ का २६ वर्षीय सुशिल परीयार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका १० का २६ वर्षीय पारस अधिकारी, मधेश प्रदेश ०३-००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका २ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१-००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका २ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका ३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । 

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए  । 

चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठक उपरीक्षक जीवन कुमार श्रेष्ठठले बताए । 

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहज बन्दै मनाङको यात्रा

मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...

एमाले नेतृत्वको विरुद्धमा बोल्नेहरु धमाधम कारबाहीको शिकार बन्दै

भीम रावलको पछि लाग्ने पूर्वमन्त्रीसहित २ जना कारबाहीमा

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउ...

पोखरामा आजदेखि दाइँ महोत्सव

पोखरा ।  पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी ...

एपीएफ काभ्रे गणद्वारा विविध सामाजिक गतिविधि सम्पन्न

बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेक...

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौं ।  निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उ...

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

काठमाडौं । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगिता...

पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

काठमाडौं ।  पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।  उनी केहीबेरर अघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको...

चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्छः वर्षमान पुन

'अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुन्छ'

लयमा फर्कन नसकेको कोशी प्रदेशसभा

काठमाडौं  । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy