Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सर्वोच्चद्वारा सरकारलाई दोहोर्‍याएर आदेश

खबरडबली संवाददाता

काठमाडौं ।  सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको कार्ययोजना लिएर अदालतमा उपस्थित हुन सरकारलाई दोहोर्‍याएर आदेश दिएको छ । एक वर्षअघि दिएको आदेशलाई प्रत्यर्थीहरूले बेवास्ता गरेको भन्दै बुधबार पुनः आदेश गरेको हो ।

सर्वोच्च अदालतको इजलासले उच्च प्राथमिकता दिएर सुनुवाइको मिति नै निर्धारण गर्दै यसअघि २०८० वैशाख २४ मा कार्ययोजना पेस गर्न आदेश गरेको थियो । सो आदेश २०८० जेठ २८ मा सबै प्रत्यर्थीलाई जानकारीसमेत गराइएको थियो । तर सो आदेशलाई प्रत्यर्क्षीहरूले बेवास्ता र हेलचेक्र्याइँ गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १५ दिनको म्याद तोकेर कार्ययोजना बनाउन र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न पुनः आदेश गरेका हुन् ।

‘प्रत्यर्थीहरूले गरेको बेवास्ता र हेलचेक्र्याइलाई यस इजलासले अत्यन्त गम्भीर रूपमा लिएको छ,’ एक वर्षअघिको आदेश कार्यान्वयनमा भएको बेवास्तामाथि आपत्ति जनाउँदै सर्वोच्चको आदेशमा भनिएको छ, ‘१५ दिनभित्र कार्ययोजना तयार गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्नू, अन्यथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) बमोजिम इजलाससमक्ष पेस गरिने व्यहोराको जानकारीसमेत प्रत्यर्क्षीहरूलाई दिनू ।’ न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) अनुसार अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ उपलब्ध नगराउनेलाई पटकैपिच्छे १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

बुधबारको संयुक्त इजलासले २०८० वैशाख २४ को आदेशानुसार फुटपाथ व्यवसायमाथि तीनै तहका सरकारको दृष्टिकोण, भविष्यको कार्ययोजनाका साथै सो कार्ययोजनाको सफल कार्यान्वयन गर्न अवलम्बन गरिने नीति कार्यक्रम र सरोकारवाला निकायसँगको सहकार्य र समन्वयको विवरण समेटिएको कार्ययोजना बनाउन आदेश जारी गरेको हो ।

नेपाल सरकारका मुख्यसचिवको नेतृत्वमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वाग्मती प्रदेश सरकारका प्रमुख सचिव, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको समन्वयमा कार्ययोजना बनाउन कार्यादेश दिइएको छ । उनीहरूले कार्ययोजना तयार पारेर १५ दिनभित्रमा महान्यायाधिवक्तालाई पेस गर्नुपर्ने निर्देशकसहितको आदेशमा बताइएको छ ।

सुरु आदेश दिएदेखि पुनः आदेश दिउन्जेलको एक वर्ष अवधिमा १५ पटकजति पेसी सरेको सर्वोच्चको वेबसाइटमा उपलब्ध मुद्दाको विवरणमा उल्लेख छ । अदालतले दिएको आदेशअनुसार कार्ययोजना पेस पनि नगर्ने, महानगरले फुटपाथ व्यवसायीहरूको सामान लुट्ने, कुटपिट गर्ने गर्दा जीविकोपार्जनको समस्या भयो भनेपछि आफ समेतले हेरेको निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता राजुप्रसाद चापागाईंले बताए । महानगरले सडक व्यवसायीको जीविकोपार्जन गर्ने मौलिक हककै हनन गरिरहेको बताए । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे आफूलाई जानकारी नभएको हुनाले कानुन शाखामा बुझ्ने बताए ।

महानगरले पटक–पटक सडक व्यवसायीलाई दमन गर्दै आइरहेको र जीविकोपार्जनको अधिकार खोसिरहेको भन्दै उनीहरूको हकहितका लागि संयोजिता आचार्यसमेत नवोदित कानुन व्यवसायीले २०७९ चैत १ मा सर्वोच्चमा सार्वजनिक सरोकारको मुद्दाका रूपमा रिट हालेका थिए । फुटपाथ व्यवसायीहरूको रोजगारी लगायतका समसामयिक तथा जीवनयापनका वैकल्पिक उपायबारे रिट निवेदकहरूले जायज माग उठान गरेको भन्दै सर्वोच्चले २०८० वैशाख २४ मा प्रत्यर्थीहरूविरुद्ध आदेश जारी गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: