Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

एमाले भक्तपुरमा महेश बस्नेतको प्यानलविरुद्ध अर्काे सशक्त प्यानल !

खबरडबली संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनमा पार्टीका युवा नेता महेश वस्नेतको प्यानलविरुद्ध अर्काे सशक्त प्यानल खडा भएको छ ।

दुईदिने अधिवेशनको अन्तिम दिन शुक्रबार पार्टी पोलिटव्युरो सदस्य महेश वस्नेत र वर्तमान अध्यक्ष तथा उपाधयक्षको संयुक्त प्यानल गरी दुई वटा प्यानलले उम्मेदबारी दर्ता भएको छ । निर्वाचन साँंझ सात बजेबाट सुरु गर्ने तालिका छ । नौ बजेभित्र मतदात सकाउने र मतगणणा आजै हुने जनाइएको छ । मेशिनले मतगणणा हुने भएकाले निर्धारित समयमा मतदान हुन सके परिणाम आजै सार्वजनिक हुनेछ । 

विशेष गरेर एमाले भक्तपुरमा हालीमुहाली चलाइरहेका पूर्वमन्त्री, पूर्व सासद् एवं पार्टी केन्द्रिय सदस्य महेश वस्नेत र उनीविरुद्धको गरी दुई वटा प्यालनले उम्मेदबारी दर्ता गराएका छन् । 

वस्नेतले पार्टी जिल्ला सचिव मोहनवीर श्रेष्ठको अध्यक्षतामा प्यानल तयार पारेका हुन् । वस्नेतको प्यानलबाट अध्यक्षमा वर्तमान सचिव श्रेष्ठ, उपाध्यक्षमा बागमति प्रदेशमा भक्तपुर क्षेत्र नं २ ख बाट प्रदेश सदस्य रहेका किरण थापा, सचिवमा सम्भुप्रसाद दाहाल र दुई जना उपसचिवमा राजकुमार जोशी (सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष) र उतरा नेपाल (मध्यपुर थिमि नगरपालिकाको उपमेयरका उम्मेदबार पराजित) रहेका छन् । उता त्यसको विरुद्धको प्यानलमा वर्तमान पार्टी अध्यक्ष वचन देउजा, वर्तमान पार्टी उपाध्यक्ष बासुदेव थापा (सूर्यविनायक नगरपालिकाका मेयर)को उम्मेदबारी परेको हो । वर्तमान अध्यक्ष÷उपाध्यक्षको नेतृत्वको प्यानलमा अध्यक्षमा वचन देउजा नै, उपाध्यक्ष वर्तमान उपाध्यक्ष बासुदेव थापा नै, सचिवमा विष्णु तामाङ र दुईजना उपसचिवमा सानुकाजी कायष्ठ (सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष) र सुचित्रा श्रेष्ठलगायतको प्यानल रहेको छ । 

वचन देउजालाई अध्यक्ष बनाउन महेश वस्नेत तथा पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको प्यानलबाट खासै असहमति थिएन । तर उपाध्यक्षमा वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा हटोस् भन्ने चाहना हो । यस हिसावले खासमा द्धन्द्ध महेश वस्नेत र वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाबीच नै हो । महेश वस्नेत थापालाई माइनस गर्न चाहन्छन् तर अध्यक्ष देउजा थापालाई नै उपाध्यक्ष बनाउन चाहन्छन् । यही द्धन्द्धमा दुईवटा प्यानल खडा भएको बताइएको छ । 

अधिवेशनमा जिल्लाका चार नगरपालिकाहरुबाट कुल चार सय ९८ मतदाता रहेका छन् । त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट एक सय ३१, चाँंगुनारायण नगरपालिकाबाट ७२, मध्यपुर थिमि नगरपालिकाबाट ५१ र भक्तपुर नगरपालिकाबाट १६ जना रहेका छन् । यसबाहेक जनवर्गीयलगायतका विभिन्न समितिहरुबाट मतदाता अधिवेशन प्रतिनिधि रहेका छन् । पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको थियो । अधिवेशन भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा भइरहेको हो ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: