Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सुनसरी, बाँके र महोत्तरीबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । सुनसरी, बाँके र महोत्तरीबाट उनीहरुलाई पक्राउ गरेको हो । 
प्रहरीले सुनसरीको रामधुनी नगरपालिका-६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् । 
उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ । 
यसैगरी सुनसरीकै भोक्राहानरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित रामधुनी नगरपालिका-१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक उनलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-५ जमुनाह चेकपोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने २६ वर्षीय बृजेश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-१५ बस्ने २० वर्षीय अरविन थारू सहित ४ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि-71 लेखिएको ९६ पिस ट्याब्लेटसहित बर्दिबास नगरपालिका-१४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह र सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय दिपक महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: