मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् ।
रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको रारा राष्ट्रिय निकुञ्जले यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने र अत्याश्यक प्लाष्टिकजन्य वस्तु लिएमा फर्किदासँगै ल्याउनुपर्ने नियम लागू गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।
पर्यटकले प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु निकुञ्जभित्रै फाल्ने क्रम बढेकाले यस्तो निर्णय लिनुपरेको बताए ।
उनका अनुसार मङ्गलबारबाट यो नियम लागू गरिएको छ भने निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिे आफूसँग लगेका पानीका बोतल, प्लास्टिक झोला, प्लास्टिकमा प्याकिङ गरिएका खानेकुरा त्यहाँबाट फर्किएपछि काउन्टरमा बुझाउनुपर्ने नियम छ ।
“निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्नुअघि झोलाको जाँच गरेर प्लास्टिकजन्य वस्तुको एकिन गरी अभिलेख राख्ने र घुमेर फर्कदा फेरि काउन्टरमा बुझाउनुपर्ने नियम लगाएका छौँ । नियम पालना नगरेमा रु दुई सयसम्म जरिवाना तिर्नुपर्ने छ”, घिमिरेले भने।
निकुञ्ज कार्यालयले लामो समयदेखि प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागू गरेको जनाएको छ । पर्यटकले मात्र नभई निकुञ्जभित्र बस्ने नेपाली सेना, निकुञ्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेटलगायतका सामग्री जथाभावी फाल्न र लिन पाउने छैनन् ।
अभियानलाई सफल पार्न जानकारीमूलक सूचना बोर्ड, पोस्टर र स्टिकर बनाइ प्रवेश नाका र भीडभाड हुने स्थानमा राख्ने योजना निकुञ्जको योजना छ ।
निकुञ्जभित्र प्रवेश गर्नेसल्लेरी, लामाचौर, ताल्चा, जेउड्यासहित चारवटा प्रवेशद्वारमा सुरक्षाजाँच कडा गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारीहरूले रारा क्षेत्रमा नियमित सरसफाइ गर्दै आएका छन् भने नेपाल विद्यार्थी सङ्घ मुगुले पनि गत पुस महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ गर्दै आएको छ ।
पछिल्लो समय रारा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ को चैत्रसम्म नेपाली पर्यटक आठ हजार तीन सय, सार्क राष्ट्रबाट ३५, विदेशी एक सय ८३ गरी आठ हजार पाँच सयले रारा भ्रमण गरेको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: