पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९र०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ ।
चालु आर्थिक वर्षको १० महिनामै चेक बाउन्सका मुद्दा बढेर ७१७ वटा पुगेको छ । अझै २ महिनामा मुद्दा बढ्ने प्रहरीको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको थियो । चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको सङ्ख्या भने गणना गर्नै नसक्ने अवस्था रहेको प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
‘ठाडो उजुरी त कति पर्छन् पर्छन् । दिनमै २५ भन्दा बढी उजुरी आउँछ,’ उनले भने, ‘सबै दर्ता र अनुसन्धान गर्न हामीसँग पर्याप्त जनशक्ति नै छैनन् ।’ कास्की प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी ४० प्रतिशत उजुरी बैंकिङ कसुर सम्बन्धी छन् ।
एउटै व्यक्तिसँग करोडौँ रकमसम्मको कारोबार भएको छ । केही व्यक्तिहरू हिरासतमा पुगेका पनि छन् । कतिपय मुद्दा मिलापत्र गरिएको छ भने अधिकांश कानुनी प्रक्रिया अनुसार मुद्दामा लगिएको थापाले बताए ।
‘सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ,’ उनले भने, ‘बोलाउँदा आए भने मिलापत्र भएका छन् । मिलापत्र नहुने अवस्थामा मुद्दा चल्छ ।’
चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले सुनाए ।
चेक बाउन्सका कारण प्रहरीमात्रै होइन, पोखराका व्यापारी र व्यवसायीहरू पनि आजित भएका छन् । त्यसैले पोखरा उद्योग वाणिज्य सङ्घले चेक अनादर र यसका समस्या तथा समाधानबारे उपायको खोजी गर्न अन्तरक्रिया नै गरेको छ ।
अध्यक्ष पवनकुमार प्रजापतिले चेक बाउन्सका घटना बढ्दा त्यसको मारमा आफूहरू परेको बताए । ‘अहिले बजार सुस्ताएको छ । नगदभन्दा उधारो कारोबार बढी हुन्छ । धेरैले चेकबाट कारोबार गरेका हुन्छन्,’ उनले भने, ‘चेक साट्न पठाउँदा रकम नभएर फर्किनुपर्छ । यसमा राज्य नै संवेदनशील हुनुपर्छ ।’ चेक बाउन्स हुँदा कानुनी उपचार खोज्ने प्रक्रिया सिक्न अन्तरक्रिया गरिएको प्रजापतिले बताए ।
बैंकर्स एसोसियन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले चेक बाउन्सको घटनाले बैंकसम्म पनि हैरानी बढाएको बताए । ‘यसबाट बच्न उधारो कारोबार नगर्ने हो । विद्युतीय भुक्तानीको विकास भएको छ । सकेसम्म तत्कालै भुक्तानी कारोबार गर्नुपर्छ,’ उनले भने, ‘बैंकमा चेक नसाटिएपछि कानुनी प्रक्रिया त चल्छ तर पैसा पाउने ज्ञारेण्टी हुँदैन ।’
उनले अनधिकृत काम नगर्न पनि सुझाएका छन् । चेक काटिएको ६ महिनाभित्र ३ पटकसम्म साट्न जाँदा पनि नसाटिएपछि उक्त चेक बाउन्समा गणना हुन्छ । बैंकले खातामा पैसा नभएको जानकारी सहितको चिठी दिएपछि प्रहरीले उजुरी लिन्छ । चेक बाउन्स भएपछि सम्बन्धित व्यक्तिलाई बैंकको कालोसूचीमा राख्ने, चल–अचल सम्पत्ति रोक्का गर्ने लगायत प्रक्रिया छ ।
बाउन्सका घटना कम गर्न नागरिक स्वयं सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । ‘सबै ठाउँमा डण्डा लगाएर मात्रै अपराध घट्दैन । नागरिकहरु सचेतमात्रै भए पनि धेरै अपराध न्यून हुन्छन्,’ प्रहरी प्रमुख थापाले भने, ‘अपराध घटाउन व्यक्ति जिम्मेवार हुनुपर्छ । उत्तरदायी हुनुपर्छ ।’
बैंकिङ कसुरका घटना हुन नदिन प्रहरीले पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - २१:३८
दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...
आषाढ़ २५ गते, २०८३ - २१:२९
काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...
आषाढ़ २५ गते, २०८३ - २१:१३
काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...
आषाढ़ २५ गते, २०८३ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...
आषाढ़ २५ गते, २०८३ - २१:००
पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...
आषाढ़ २५ गते, २०८३ - २०:३७
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...
आषाढ़ २५ गते, २०८३ - २०:१८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...
आषाढ़ २५ गते, २०८३ - २०:१६
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...



प्रतिकृया लेख्नुहोस्: