काठमाडौं। नेपालबाट दिल्ली हुँदै केन्या-युगाण्डासम्म मानव तस्करी गर्ने र्याकेट फेला परेको छ। काठमाडौबाट वेरोजगार युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै दिल्ली पुर्याउने र दिल्लीमै बसेर वैदेशिक रोजगारको नाममा दक्षिण अफ्रिकी द्वन्दग्रस्त मुलुकहरु केन्या युगण्डा लैजाने र्याकेट फेला परेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा केही दिन अघि यस्तो र्याकेट सञ्चालन गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सो गिरोहले अमेरिका पठाउने भन्दै केन्या र युगाण्डामा लगेर बन्ध बनाउने गरेको खुलेको हाे ।
यो गिरोहले अमेरिका लैजाँदा नेपालको बाटो हुँदै दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर ६ महिनादेखि ९ महिनासम्म रकम र राहदानी लिई नेपालीलाई अलपत्र पार्दै आएका थिए।
केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राखेर काम गर्दै आएको गिरोहले अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
यसरी गिरोह सञ्चालनका गरेको आरोपमा पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बाका जगतबहादुर तामाङ, तनहुँ ऋषिङका जंगबहादुर बिक (बराल) र सोही ठाउँका विष्णुबहादुर बराली छन्।
उनीहरूलाई सार्वजनिक गर्ने क्रममा अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ परेकामध्ये तामाङ गिरोहको मुख्य नाइके भएको दावी गरे। उनका अनुसार एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा उनीहरु पक्राउ परेका छन्। पीडितहरुले भने पाँच करोड मात्रै उजुरी दिएका छन्।
प्रहरीले यसअघि १० जनाबाट ठगी गरेको आरोपमा काठमाडौंमा बसेर एजेन्टको काम गर्ने तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । टासी शेर्पा, उनकी श्रीमती ङिमबुटी र आफन्त निमा शेर्पाले नै अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट पाँच करोड ५० लाख रुपैयाँ उठाएर दिल्लीमा बसेका तामाङलाई पठाउँदै आएको प्रहरीले जनाएको छ।
एसएसपी भट्टराईले दिएको जानकारी अनुसार भारतको पहाडगञ्जमा नेपाल प्रहरी पुग्दा तामाङ, बिक र बरालीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर उनीहरू बसकै होटलमा हत्कडी लगाएर राखेको थियो। उनीहरू दिल्लीमा विगत एक वर्षदेखि बसेर ठगीको धन्दा चलाउँदै आएको थिए।
‘दिल्लीका लागि हाम्रो राति साढे नौ बजेको फ्लाइट थियो, आकाशमा जहाज तीन घण्टा होल्ड भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। उनका अनुसार दिल्लीमा नेपालीले नै सञ्चालन गरेको होटल स्टे-इन डिएक्समा बसेका थिए।
गिरोहले पीडितहरू अमेरिका प्रवेश गरेपश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानून व्यवसायी प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनी पहिले नै आश्वासन दिएर विश्वासमा पारी रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...



प्रतिकृया लेख्नुहोस्: