काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
तर संसद्को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै छलफल गरिने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ।
पछि हट्ला त कांग्रेस ?
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ । आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन ।
कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन् । कांग्रेस पनि टसका मस भएको छैन् । सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुटेका छन्।
यसअघि कांग्रेसले महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर फर्किएका छन् । भेटमा प्रधानमन्त्रीले कांग्रेस नेताहलाई प्रधानमन्त्री प्रचण्डले संसदमा गतिरोध नगर्न आग्रह गरे पनि नेताहरूले संसदियदलको बैठकले निर्णय गर्ने भन्दै निस्कीएका थिए । कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।
नेताहरूले संसदकाे गतिराेध अन्त्यका लागि पहल गरि रहेका भएपनि कांग्रेस लचिलाे नबन्दा सरकारकाे निती तथा कार्यक्रम सार्वजानिकमा प्रभाव पर्ने देखिएकाे छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...



प्रतिकृया लेख्नुहोस्: