विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् ।
आइतबार केराबारी गाउँपालिका-५ मा धरानबाट केराबारीतर्फ आउदै गरेको बा. ११ च २९२८ नम्बरको पिकअप भेनले विपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०२-००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका अटो चालक केराबारी-६ का ४५ बर्षीय मेख बहादुर मगरको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटना परी घाईते भएका अटोमा सवार ६० बर्षीय हरिमाया मगर, धरान-११ की ३० बर्षीया सिता मगर, १० बर्षीया प्रशुना मगर र ७ बर्षीय एग्रिल मगरको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा ठक्कर दिने भेन चालक बुढीगंगा गाउँपालिका-२ का ३२ बर्षीय शिब कुमार ऋषिदेवलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पथरीशनिश्चरे नगरपालिका-१ स्थित प्रदेश १-०२-०४३ प ७२५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना हुदा मोटरसाईकल चालक लेटाङका २५ बर्षीय दिपेश राई र पछाडी सवार उनकै श्रीमती २१ बर्षीया ललिता राई मगर घाईते भएका थिए ।
दुर्घटनामा घाईते उनिहरुलाई उपचारको लागि मदन भन्डारी अस्पताल ट्रमासेन्टर उर्लाबारी लगिएकोमा उपचारको क्रममा चालक राईको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटनामा घाइते भएकी श्रीमती मगरको सोहि अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: