Ntc summer Offer
Khabar Dabali ३ असार २०८१ आईतवार | 16th June, 2024 Sun
NIMB

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । 

“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।

“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”

सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

काठमाडौं  । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा प...

पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पा  । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर  निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९...

५० दिनका लागि मनकामना केबुलकार बन्द हुने

काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलक...

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छः संयोजक राई

काठमाडौं। चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले चलचित्र निर्माण अघि अध्यायन र अनु...

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी। गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१र८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ...

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा रहेका छन्।  महरा...

शहीद रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता र क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । श...

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

तनहुँ । तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।  भानु नगरपालिका, झोलुङ...

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको...

५० कठ्ठाकाे कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies