Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने

खबरडबली संवाददाता

काठमाडौं । टेलिभिजन कमेडी शो 'कमेडी दरबार' आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।

आइतबार फस्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरुको लुक्स देखाइको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषी धमला लगायतले शुभकामना दिएका थिए । कमेडीको दुनियामा अर्को नयाँ शो थपिदा आफूलाई निकै खुसी लागेको दीपाश्रीले बताइन् । उनले बजारमा अझै फरक सोंचका साथ यस्तै शोहरु आउनुपर्ने धारणा राखिन् । 

यस्तै बिशाल भण्डारीले आफूहरुसँगै काम गरेका भाईहरुले नयाँ शो ल्याउदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए । पत्रकार ऋषि धमलाले 'कमेडी दरबार'लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा र भोलीका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने जानकारी दिए । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ बिकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो ।

यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए । उनले भने, 'म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोंचमा छु ।'

कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन् । उनीसँगै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए ।  
शोमा अर्का कलाकार गायक सिडी बिजय अधिकारी भने सांगितीक कार्यक्रमका लागी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् । शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन् ।  
शोको क्रिएटिभ प्रमुखमा बिकाश अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईटेल छन् । 

https://www.youtube.com/watch?v=-AZHHCrEP9w

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending