Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानीत

खबरडबली संवाददाता

झापा ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) शंकराचार्यको जन्म जयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे छ ।

अग्रज पत्रकार, नागरिक एफएमका  प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक  गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई सम्मानीत भएका हुन् । पत्रकारद्धयहरुले दशनामी समाजको प्रचारप्रसारमा समाचारका माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको हो ।

त्यस्तै समाजका केन्द्रिय संरक्षक तथा अक्षयकोष दाता भरतलाल गिरी,  केन्द्रिय अध्यक्ष तथा अक्षयकोष दाता गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार सदस्य तथा अक्षयकोष दाता बालकृष्ण गिरी,  समाजका कोशी प्रदेश सल्लाहकार तथा अक्षयकोषदाता चन्द्रप्रसाद र कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी,  समाजका कोशी प्रदेश अध्यक्ष तथा अक्षयकोष दाता पदमबहादुर पुरी (प्रकाश),  बिर्तामोड नगर सल्लाहकार तथा अक्षयकोष दाता नरनाथ गिरी,  नगर सल्लाहकार तथा अक्षयकोष दाता सन्तोष गिरी,  अक्षयकोष दाता सूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार तथा अक्षयकोषदाता शंकर गिरी,  बिर्तामोड नगर कोषाध्यक्ष तथा अक्षयकोष दाता खड्गराज गिरी र  अक्षयकोष दाता हेमराज गिरी सम्मानीत भएका छन् । उनीहरुले नगरले स्थापना गरेको अक्षयकोष तथा हितकोषका लागि रकम प्रदान गरेको भन्दै सम्मान गरिएको हो ।

नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।

स्वागत समाजका बिर्तामोड नगर समिति जेष्ठ सदस्य घनश्याम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि कृष्णकुमार गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य एलबी गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), अक्षयकोषदाता नरनाथ गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोशी प्रदेश सह–सचिव उमेश भारतीले गरेका थिए । सोही कार्याक्रमकाबिच नगर अध्यक्ष अर्जुन गिरीको कार्यलाई उच्च मूल्याङ्कन गर्दै अक्षयकोष दाताहरुको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष सम्झना गिरी (पुरी), सह–सचिव  प्रजित पुरी (धनबहादुर), सदस्यहरु रणबहादुर गिरी, पद्मादेबी पुरी  बिदुर गिरी, खेमराज गिरी, हरि गिरी, धनबहादुर पुरी, विश्वनाथ बन, बद्री गिरी (बिनोद), रन्जु गिरीलगायतको उपस्थिति रहेको थियो ।  

सोही कार्यक्रममा दशनामीका हरेक गतिविधिमा सहयोग पुर्याएको भन्दै  बिर्तामोड अनलाइन सोझाका सञ्चालक खड्क थापा, इमेज फोटो स्डुडियोका सञ्चालक तथा फोटो ग्राफर खड्ग राय, मनकामना फुड बेभरेजका सञ्चालक नवराज भारतीलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रमका बिच नगर समितिको कार्यालयका लागि नगर कोषाध्यक्ष खड्गराज गिरी र नगर सह–सचिव प्रजित पुरी (धनबहादुरले एक÷एक सेट सोझासमेत खरिद गरेर नगरलाई उपलब्ध गराएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending