Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

जीवन विज्ञानका उपयोगी कुरा

नेत्र सुवेदी ‘प्रयास’
नेत्र सुवेदी ‘प्रयास’
काठमाडौं ।  शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । 
वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ । 
शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । मूलतः विपश्यनाको १० दिने साधना र जीवन विज्ञानका कक्षाहरुमा सहभागी हुँदा योग गुरु रमेश नेपाल र एलपि भानुसँगको प्रवचन तथा जीवन विज्ञान प्रतिष्ठानद्वारा २०७५ सालमा प्रकाशित पुस्तक “समस्या अनेक समाधान एक नामक पुस्तकको अध्ययनबाट प्राप्त ज्ञानले यो आलेख लेख्न प्रेरित गरेको छ । 
आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारिरीक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरुको सहयोगले आत्मिक रुपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टी गर्ने अभियान जीवन विज्ञानमा रहेको छ । 
अहंकारबाट ॐकारतिरको यात्रा
हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । 
अहंकारबाट सिर्जित चार शक्तिका रुपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रुपले हामीलाई छद्मरुपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन । 
सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचाँै शक्तिका रुपमा ॐकारलाई अवलम्वन गर्न सक्नुपर्दछ ।
ताकि बाँकी चारवटा शक्तिले पैदा गर्ने खरावीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामिसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाँहि यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररुपी शक्तिलाई ॐकाररुपी शक्तिमा रुपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ । 
प्रश्न उठ्न सक्छ कि अहमरुपी भारी कसरी बिसाउने रु अहम बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, सङ्गठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ समय गएको पत्तो नै हुँदैन । 
संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका होलाऔँ तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ ।  
तीन किसिमका फोहर
संसारमा नयाँ नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रुप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरिरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरिरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरिरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहोरहरु हामीले शरिरबाहिर निष्काशन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरिरभित्रको फोहोर सम्बन्धित छ । 
रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयाभह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रुपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ,  असल जीवनप्रणालीको अभ्यास आवश्यक छ । 
समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास
हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् । 
हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलव्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक वेठिक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्मो भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ । 
खुसी हुने सूत्र
चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरु प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरु चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्वन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख । 
विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँगुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाँही बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ यसको हित हुने काम गर्दै अगाडि वढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ । 
अन्त्यमा
जीवनलाई सार्थक बनाउने मार्ग सिकाउने विभिन्न सिकाइस्थल छन् । बुद्धले सिकाउनु भएको व्यक्तिभित्र जम्मा भएका क्लेश विसर्जन गर्ने विपश्यनाको स्वयम् अभ्यास कलादेखि ओशो रजनिशले सिकाउनुभएको साधनाको विधिसम्म । डा योगी विकासानन्द, डा राजु अधिकारीलगायत थुप्रै साधकहरुले पूर्वीय सभ्यताको प्राचीन भूमि नेपालमा मौलिक योगाभ्यासको चम्किलो उज्यालो छरिरहेका छन् । 
जीवन विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्र लुम्बिनीमा वृहत चक्र विज्ञान साधनाको शिविर सञ्चालन गरेको छ । जीवन विज्ञान सबै उमेर समूहका लागि साधनाको कोर्ष निरन्तररुपमा सञ्चालन गरिरहेको छ । लामो अनुभव र प्रेरणादायी शैलीयुक्त नेपाली गुरुहरुबाट नेपाली आवश्यकता सुहाँउदो साधना कक्षामा सहभागी भएर, युटुवबाट वा पुस्तकबाट सिक्न र आफुलाई रुपान्तरण गर्ने मार्गमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षाका साथ हरि ॐ । (लेखक नेपाल सरकारका सहसचिव हुन्)
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending