Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल आज

खबरडबली संवाददाता

खोटाङ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको  फाइनल खेल आज भइरहेको छ । 

गाउँपालिकाको मुख्य प्रायोजनमा यही वैशाख २६ गतेदेखि सुरूभएको अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र आमचोक गाउँपालिका भोजपुर तथा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर र दमक नगरपालिकाबीच खेल भइरहेका हुन् । 

महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबीच शनिबार भएको पहिलो खेलमा २५–१२ र २५–१२ मा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई हराउँदै केपिसगढी गाउँपालिका बाक्सिला फाइनल प्रवेश गरेको थियो भने आमचोक गाउँपालिका र आयोजक ऐसेलुखर्क गाउँपालिकाबीच भएको दोस्रो खेलमा आयोजकलाई २५–१४ र २५–१३ हराउँदै भोजपुर फाइनल प्रवेश गरेको थियो । 

पुरुषतर्फ दमक नगरपालिका झापा र सोताङ गाउँपालिका सोलुखुम्बुबीच भएको पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा सोझो सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा २५–२०, २५–२३ र २५–१८ मा सोताङ गाउँपालिका सोलुखुम्बुलाई हराउँदै दमक नगरपालिका झापा फाइनल प्रवेश गरेको हो । 

दोस्रो षडानन्द नगरपालिका भोजपुर र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाबीच भएको सेमिफाइनल खेलमा पनि सोझो सेटमा विजयी हुँदै षडानन्द नगरपालिका भोजपुर फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोजपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २५–२२, २५–२२ र २५–२० मा हराएको हो । 

महिलातर्फको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरकी क्याप्टेन रोमा श्रेष्ठ र केपिलासगढी गाउँपालिका बाक्सिलाकी सिखा कोइराई म्यान अफ द म्याच घोषित भएका रेफ्री सुधीर कार्की जानकारी दिनुभयो । पुरूषतर्फको सेमिफाइनलमा दमकका क्याप्टेन मुस्कान लिम्बू ‘राजन’ र षडानन्द नगरपालिका भोजपुरका खेलाडी मनिष गौतम म्यान अफ द म्याच घोषित भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरूपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् । 

पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐँलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐँसेलुखर्क–३ ऐँलुखर्कको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ ९एफआइभिबि०को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगितमा नौजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापक गरी प्रत्येक समूहमा ११ सहभागी छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending