Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

स्थानिय तहको आफ्नै लगानीमा साक्षरता कार्यक्रम विस्तार

खबरडबली संवाददाता

सल्यान  । प्रारम्भिक कक्षाका बालबालिकामा पठनसीप र पढ्ने बानीको विकासका लागि प्रभावकारी मानिएको साक्षरता कार्यक्रमलाइ सल्यानका स्थानिय तहले आफ्नै लगानिमा संचालन सुरु गरेका छन् । जिल्लामा उदाहरणीय बनेको साक्षरता कार्यक्रम दुई स्थानिय तहले विस्तार गर्ने भएका हुन् । 

यस अघि रुम टु रिड संगको साझेदारीमा संचालित कार्यक्रमलाई जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकाले बिस्तार गर्ने भएका हुन । कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बालबालिका हरुमा बालमैत्री बसाइ ब्यबस्थापन, बालमैत्री पुस्तकालय, शिक्षक तालिम, पढाइ बिकास सामाग्री सहयोग जस्ता क्रियाकलाप र कार्यक्रम बिद्यालयमा संचालन हुनेछन् ।

शान्त वातावरण तथा कक्षा कोठा व्यवस्थापन संगै बालबालिकाले खेल्दै, गाउंदै पढ्ने गर्दा राम्रो प्रभाव देखिने भएकाले आफ्नो नगरपालिकाको थप बिद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्न लागिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । श्रीनगरमा शनिबार प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै उनले सिक्नका लागि विद्यार्थीलाई उपयुक्त वातावरण र शिक्षकका लागि क्षमता विकास आवश्यक रहेको बताए ।

शारदा नगरपालिका र बागचौर नगरपालिका का १३ जना प्रशिक्षक लाई रुम टु रिडको प्राविधिक सहयोग तथा मानव संसाधन बिकास केन्द्र, सुर्खेतको सहकार्यमा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । गत मंगलबार देखि शनिबार सम्म एकीकृत पाठ्यक्रममा आधारित प्रारम्भिक कक्षामा पठन सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । 

तालिमसंगै अब दुबै स्थानिय तहमा प्रारम्भिक कक्षा १ र २ मा पढाउने शिक्षकहरुलाई सिकाइ सहजीकरणमा सहयोग पुर्याउने अपेक्षा छ । तालिम समापन कार्यक्रममा बागगचौर नगरपालिका शिक्षा प्रमुख चित्रा बस्नेतले नगरपालिकाले अपनत्व लिएर पठन सिपको कार्यक्रम अगाडि बढाउन लागेकोले नगरभित्रका सबै बिद्यालयमा पुर्याउन पहल गर्ने बताइन । रुम टु रिडका कार्यक्रम ब्यबस्थापक खड्ग कुवरले साक्षरता कार्यक्रमलाई आफ्नो पालिकाको योजनामा राखी मुलप्रबाहिकरण गर्न आग्रह गरे । 

उनके स्थानिय तहको शैक्षिक बिकासमा रुम टु रिडले प्राबिधिक सहयोग गर्न सधै तयार रहेको बताए । आफुले प्रशिक्षण सीप राम्रो संग सिक्न पाएकोले नगरपालिकालाई प्रशिक्षण कार्यमा सहयोग गरेर शैक्षिक बिकासमा योग्दान पुर्याउन तयार रहेको प्रशिक्षणमा सहभागी शिक्षकहरुको भनाइ छ । सो अवसरमा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले सहभागीलाई प्रमाणपत्र बितरण गर्दै सिकेको सिपलाइ बिद्यालयमा उपयोग गर्न अनुरोध गरेकी थिइन । 

साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालयले गर्दा विद्यार्थीको पठनसीपमा राम्रो बिकास भएको पाइएको छ । शिक्षामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले संचालन गरिएको यो कार्यक्रम लागु भएपछि विद्यार्थीले कक्षा कोठामा रमाएर पढ्न गरेको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढेको सम्बन्धित बिद्यालयहरुले जनाएका छन् ।

रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले अबका दिनमा स्थानिय तहहरुले आफ्नो प्रणालीमा एकीकृत गरेर सबै बिद्यालयमा कार्यक्रम बिस्तार गर्न सकेमा शैक्षिक गुणस्तर बिकासमा ठूलो उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending