Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

स्थानिय तहको आफ्नै लगानीमा साक्षरता कार्यक्रम विस्तार

खबरडबली संवाददाता

सल्यान  । प्रारम्भिक कक्षाका बालबालिकामा पठनसीप र पढ्ने बानीको विकासका लागि प्रभावकारी मानिएको साक्षरता कार्यक्रमलाइ सल्यानका स्थानिय तहले आफ्नै लगानिमा संचालन सुरु गरेका छन् । जिल्लामा उदाहरणीय बनेको साक्षरता कार्यक्रम दुई स्थानिय तहले विस्तार गर्ने भएका हुन् । 

यस अघि रुम टु रिड संगको साझेदारीमा संचालित कार्यक्रमलाई जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकाले बिस्तार गर्ने भएका हुन । कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बालबालिका हरुमा बालमैत्री बसाइ ब्यबस्थापन, बालमैत्री पुस्तकालय, शिक्षक तालिम, पढाइ बिकास सामाग्री सहयोग जस्ता क्रियाकलाप र कार्यक्रम बिद्यालयमा संचालन हुनेछन् ।

शान्त वातावरण तथा कक्षा कोठा व्यवस्थापन संगै बालबालिकाले खेल्दै, गाउंदै पढ्ने गर्दा राम्रो प्रभाव देखिने भएकाले आफ्नो नगरपालिकाको थप बिद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्न लागिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । श्रीनगरमा शनिबार प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै उनले सिक्नका लागि विद्यार्थीलाई उपयुक्त वातावरण र शिक्षकका लागि क्षमता विकास आवश्यक रहेको बताए ।

शारदा नगरपालिका र बागचौर नगरपालिका का १३ जना प्रशिक्षक लाई रुम टु रिडको प्राविधिक सहयोग तथा मानव संसाधन बिकास केन्द्र, सुर्खेतको सहकार्यमा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । गत मंगलबार देखि शनिबार सम्म एकीकृत पाठ्यक्रममा आधारित प्रारम्भिक कक्षामा पठन सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । 

तालिमसंगै अब दुबै स्थानिय तहमा प्रारम्भिक कक्षा १ र २ मा पढाउने शिक्षकहरुलाई सिकाइ सहजीकरणमा सहयोग पुर्याउने अपेक्षा छ । तालिम समापन कार्यक्रममा बागगचौर नगरपालिका शिक्षा प्रमुख चित्रा बस्नेतले नगरपालिकाले अपनत्व लिएर पठन सिपको कार्यक्रम अगाडि बढाउन लागेकोले नगरभित्रका सबै बिद्यालयमा पुर्याउन पहल गर्ने बताइन । रुम टु रिडका कार्यक्रम ब्यबस्थापक खड्ग कुवरले साक्षरता कार्यक्रमलाई आफ्नो पालिकाको योजनामा राखी मुलप्रबाहिकरण गर्न आग्रह गरे । 

उनके स्थानिय तहको शैक्षिक बिकासमा रुम टु रिडले प्राबिधिक सहयोग गर्न सधै तयार रहेको बताए । आफुले प्रशिक्षण सीप राम्रो संग सिक्न पाएकोले नगरपालिकालाई प्रशिक्षण कार्यमा सहयोग गरेर शैक्षिक बिकासमा योग्दान पुर्याउन तयार रहेको प्रशिक्षणमा सहभागी शिक्षकहरुको भनाइ छ । सो अवसरमा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले सहभागीलाई प्रमाणपत्र बितरण गर्दै सिकेको सिपलाइ बिद्यालयमा उपयोग गर्न अनुरोध गरेकी थिइन । 

साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालयले गर्दा विद्यार्थीको पठनसीपमा राम्रो बिकास भएको पाइएको छ । शिक्षामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले संचालन गरिएको यो कार्यक्रम लागु भएपछि विद्यार्थीले कक्षा कोठामा रमाएर पढ्न गरेको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढेको सम्बन्धित बिद्यालयहरुले जनाएका छन् ।

रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले अबका दिनमा स्थानिय तहहरुले आफ्नो प्रणालीमा एकीकृत गरेर सबै बिद्यालयमा कार्यक्रम बिस्तार गर्न सकेमा शैक्षिक गुणस्तर बिकासमा ठूलो उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending