सल्यान । जनप्रतिनिधिलाई लक्षित गरेर शनिबार सल्यानको भोटेचौरमा तनाव व्यवस्थापन तालिम सप्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सिएमसी० नेपालको प्राविधिक सहयोगमा कार्यपालिका सदस्यहरु तथा अन्य सहभागीलाइ तनाव व्यवस्थापन तालिम प्रदान गरिएको हो ।
तनाव सकारात्मक र नकारात्मक दुई किसिमको हुने भन्दै तालिममा तनावको पहिचान, असर, रोकथाम र सामना कसरी गर्ने भन्ने बारेमा अभिमुखिकरण तथा कृयाकलाप संचालन गरिएको थियो । मनोविद् आरती गुरुङ र सिएमसी नेपालका प्रादेशिक कार्यक्रम अधिकृत अनन्त चौधरीले तनावका कारक तत्वहरु, यसले पार्ने असर तथा तनाव कम गर्ने उपायहरुका बारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । सबैमा तनाव निराकरण गर्न सकिन्छ भन्ने भावना उत्पन्न गराउन जरुरी रहेकोमा जोड दिदै तालिममा परिवारभित्रको, अन्तर सम्बन्धको, कार्यस्थलको तथा अन्य सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा हुने तनावलाई व्यवस्थापन गर्न सकिन्छ वा त्यसको असर आफूमा कमभन्दा कम गर्ने अवस्था बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरिएको थियो ।
तालिम समापन गर्दै गाउँपालिका उपाध्यक्ष खत्रीले मानव जीवनमा जोकोहीलाई पनि तनाव हुने भन्दै यसलाई सकारात्मक रुपले सामना गर्दै अघि बढ्नुपर्ने बताइन् । आइतबार गाउँपालिकामा कार्यरत कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम सञ्चालन हुने छ ।
गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्न सिएमसी नेपालले छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा विभिन्न काम गर्दै आएको छ । शसक्तिकरणका कार्यक्रम सञ्चालन, मानसिक बिरामीहरुको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरु लगायतका महत्वपूर्ण क्षेत्रमा बिषेश काम गर्दै आएको मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: