Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

तनावको रोकथाम र सामनाका लागि जनप्रतिनिधीलाई तालिम

खबरडबली संवाददाता

सल्यान  ।  जनप्रतिनिधिलाई लक्षित गरेर शनिबार सल्यानको भोटेचौरमा तनाव व्यवस्थापन तालिम सप्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सिएमसी० नेपालको प्राविधिक सहयोगमा कार्यपालिका सदस्यहरु तथा अन्य सहभागीलाइ तनाव व्यवस्थापन तालिम प्रदान गरिएको हो ।

तनाव सकारात्मक र नकारात्मक दुई किसिमको हुने भन्दै तालिममा तनावको पहिचान, असर, रोकथाम र सामना कसरी गर्ने भन्ने बारेमा अभिमुखिकरण तथा कृयाकलाप संचालन गरिएको थियो । मनोविद् आरती गुरुङ र सिएमसी नेपालका प्रादेशिक कार्यक्रम अधिकृत अनन्त चौधरीले तनावका कारक तत्वहरु, यसले पार्ने असर तथा तनाव कम गर्ने उपायहरुका बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । सबैमा तनाव निराकरण गर्न सकिन्छ भन्ने भावना उत्पन्न गराउन जरुरी रहेकोमा जोड दिदै तालिममा परिवारभित्रको, अन्तर सम्बन्धको, कार्यस्थलको तथा अन्य सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा हुने तनावलाई व्यवस्थापन गर्न सकिन्छ वा त्यसको असर आफूमा कमभन्दा कम गर्ने अवस्था बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरिएको थियो ।

तालिम समापन गर्दै गाउँपालिका उपाध्यक्ष खत्रीले मानव जीवनमा जोकोहीलाई पनि तनाव हुने भन्दै यसलाई सकारात्मक रुपले सामना गर्दै अघि बढ्नुपर्ने बताइन् । आइतबार गाउँपालिकामा कार्यरत कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम सञ्चालन हुने छ ।

गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्न सिएमसी नेपालले छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा विभिन्न काम गर्दै आएको छ । शसक्तिकरणका कार्यक्रम सञ्चालन, मानसिक बिरामीहरुको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरु लगायतका महत्वपूर्ण क्षेत्रमा बिषेश काम गर्दै आएको मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् ।।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending