गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।
एघार सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झूटो बोलिरहेको छ’ लेखिएको छ ।
समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । यो गाजामा बन्दी बनाएको एक महिनाभन्दा कम समयमा जारी गरिएको तेस्रो फुटेज थियो ।
अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले अर्को प्रसारण गरेको भिडियोमा बन्धक हर्श गोल्डबर्ग-पोलिनलाई जीवित देखाइएको थियो ।
अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब २५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूक अनुसार तीमध्ये १२८ जनालाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।
हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १७० भन्दा बढी इजराइली र विदेशीहरूको मृत्यु भएको आधिकारिक इजराइली आँकडाले बताएको छ ।
हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार ९७१ जनाको मृत्यु भएको छ । -रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...


प्रतिकृया लेख्नुहोस्: