काठमाडौं । गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चो जुगल गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् ।
उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए । उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ।
तिनै जनाले नगद लिएर दुबई हुँदै केन्यासम्म लगेर बन्धक बनाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनीहरूले हालसम्म १५ जना नेपालीलाई केन्यालगायत विभिन्न मुलुकमा लगेर बन्धक बनाएको खुलेको छ । ती पीडितबाट उनीहरूले साढे ७ करोड रुपैयाँ लिइसकेको खुलेको रेग्मीले बताए ।
अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितलाई दुबई ट्रान्जिट गराएर केन्याको राजधानी नैरोबी लैजाने गर्थे । त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपछि अफ्रिकी मुलुकका एजेन्टले पीडितलाई रिसिभ गर्थे ।
ट्याक्सीमा राखेर केन्याको जिम्मारमानस्थित भाडामा लिएको दुई वटा फ्ल्याटमा राखेर पीडितलाई ६ महिना बन्धक राखेको खुलेको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: