Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कांग्रेसको सनकको भरमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्दैनः एमाले अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सनकको भरमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति नबन्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले छुद्र खेल खेलेको बताउँदै कुनै दोषी नभएका व्यक्तिलाई सनकको भरमा  छानबिन हुन नसक्ने बताए । उनले भने, ‘कतिपय प्रश्न कांग्रेसले के गर्नुपर्छ हेर्नुपर्नेछ । अघिल्लो अधिवेशनमा रन्थनिएर के गर्ने के नगर्ने रु प्रधानमन्त्री भइदेउ भनेर सबैतिर पुगेको छ, नेपाली कांग्रेसका प्रमुख सचेतक मुद्दाको फाइल लिएर बहस गर्न जस्तो गरेर आउनुभएको छ । महान्याधिवक्ताको कार्यालय भन्दैछ केही पनि छैन । उहाँहरु विभिन्न पृष्ठको कुरा ल्याउनुहुन्छ । उहाँको नाममा नजाऔं, सहकारीको अवस्थामा जाऔं भन्दा मान्नुहुन्न । उहाँहरुले रविजीको राजीनामा माग्या छैन भन्नुहुन्छ, आफ्नैबारेमा छानबिन गर्न समिति बनाइसकेपछि उपप्रधान तथा गृहमन्त्री पदमा बस्न मिल्छ ? भनेर छानबिन समिति बनेपछि राजीनामाको कुरा गर्नुहुन्छ ।’

उनले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको टिप्पणी गरे ।

उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: