Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सम्बन्ध विच्छेदले भयावह रूप लिँदै, एक दशकमा भयो झण्डै १ लाखको सम्बन्ध विच्छेद

खबरडबली संवाददाता

काठमाडौं । पछिल्ले समय नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ ।सामाजिक परिवेशमा आएको परिर्वतनका कारण  सम्ब न्ध विच्छेद गर्नेको  संख्या बढेको हो । 

गत वर्षमात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेको अभिलेख देशभरका अदालतहरुको तथ्यांकले देखाएको छ।

नेपालमा सम्बन्ध विच्छेदलाई यसअघि सामाजिक प्रतिष्ठाको विषय बनाएर सकेसम्म अदालतमा नै गएर सम्बन्ध विच्छेद गर्नेको संख्या न्यून रहेको थियो । २०७० सालमा नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या ३ सय ९४ को हाराहारीमा रहेकोमा अहिले त्यो संख्या बढेर ३७ हजारको हाराहारीमा पुगेको हो।

नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्नुका प्रमुख दुई कारण रहेको अधिवक्ता गणेश शर्माले बताए । युवायुवतीमा विदेश जाने लालसाले जस्तोसुकै सामाजिक परिवेश भएका चाहे युवा हुन् चाहे युवती हुन् कानुनी विवाह गर्ने र तोकिएको ठाउँमा पुगेपछि सम्बन्ध विच्छेद गर्ने समूह ठूलो रहेको उनको भनाइ छ । सम्बन्ध विच्छेदको अर्को प्रमुख कारणका रूपमा नेपालमा विवाह गरेर श्रमका लागि विदेश जाने युवा शक्तिमा यो समस्या विकराल रूपमा देखा परेको उनले बताए ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृंखलताका कारण पनि यो समस्या बढ्दै गएको अधिबक्ता नानीबाबु दाहालले बताए । विवाहित जोडीमध्ये युवा रोजगारीका लागि मध्यपूर्वलगायतका मुलुकमा गएपछि गलत मनसाय राख्ने तेस्रो व्यक्तिको प्रवेश भएपछि श्रीमान् श्रीमतीबीच बेमेल हुने र त्यसको कारण सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेको उनको भनाइ छ  ।

अहिले श्रीमान् श्रीमतीबीचमा सामान्य कुरामा बेमेल भयो भने पनि अदालत जाने प्रचलन बढ्दो अवस्थामा रहेको छ। सम्बन्ध विच्छेदका लागि गत वर्ष आफ्नो ल फर्ममा आएकामध्ये ९ जोडीलाई सम्झाएर पठाएको अधिवक्ता शर्मा बताले बताए ।

यसैगरी आफेनो ल फर्ममा आउनेको सँख्या पनि बढी रहेको अधिबक्ता दाहालले बताए । उनले पनि एक दजनबढी जोडीलाई संझाएर  फर्काएको बताए । यसरी अन्य ल फर्ममा जानेको सँख्या पनि ह्वातै बढेको बताउँदै उनले बताए । पैसा पाइन्छ भन्ने नाममा कानुन व्यवसायी साथीहरूले सम्बन्ध विच्छेद गरिहाल्नुस् भन्ने सल्लाह दिनु नहुनेमा अधिबक्ता द्धयको भनाइ छ  । उनीहरु मिल्न सक्नेजस्तो देखिने मुद्दामा मिलाएर पठाउने गरेको पनि उनीहरुको भनाइ छ ।

स्वतन्त्रता उपभोग गर्ने नाममा नेपालमा सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेको अर्का अधिवक्ता गुरु बहादुर बस्नेतले बताए   । युवायुवती नेपाल बस्न नचाहने र विदेश जानका लागि कानुनी विवाह गर्ने र आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले पनि यो संख्या ह्वात्तै बढेको बस्नेतको भनाइ छ ।

हिजो परम्परागत विवाह हुँदा कुल घर आफ्नो परम्परालाई हेरेर बस्ने गरिएको थियो भने आज सामाजिक सञ्जालबाट जोडिएर प्रेम विवाह गर्ने र सँगै बस्न थालेपछि आर्थिक तथा सामाजिक हैसियत नमिलेपछि अदालत धाउने क्रम पनि बढ्दो अवस्था रहेको छ  ।

खास गरी छोरा विदेश जानुअघि बुहारीको काम खाने नाममा घरपरिवारले विवाह गरिदिने र श्रीमती छोडेर विदेश जाने युवाहरू स्वदेश फर्कंदा आफूले कमाएको पैसामात्रै हैन श्रीमती गुमाउनेहरूको संख्या बढ्दो अवस्थामा रहेको छ । यस्तै अवस्था रहने हो भने अहिले वर्षमा हजारको संख्यामा रहेको सम्बन्ध विच्छेद लाखमा पुग्न लामो समय नलाग्ने देखिन्छ ।

१० वर्षको तथ्यांक यस्तो छ

साल  संख्या जोडीमा
२०७०   ३ सय ९४
२०७१   १ हजार ३ सय ७५
२०७२  १ सय ६५
२०७३  २ हजार २ सय ८३
२०७४  २ हजार ७ सय ७६
२०७५  ३ हजार ९ सय ३५
२०७६  ५ हजार ८ सय ४६
२०७७  ६ हजार ६ सय ४४
२०७८   १४ हजार २ सय ७९
२०७९   १८ हजार ३ सय ४
२०८०  ३७ हजार


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending