Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

जसपा तीन टुक्रा, माखिम र लावतीले पहिचानवादी मोर्चा घोषणा गर्दै

खबरडबली संवाददाता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल तीन टुक्रा भएको छ । पटक पटक फुटेको जसपा फुटेको एक सात बित्न नपाउँदै पुनः फुटको शिकार हुन लागेको हो ।

जसपा सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गरिसकेका छन्, उनको दललाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छ ।  राईले जनता समाजवादी पार्टी, नेपालबाट जनता समाजवादी पार्टी गठन गर्दा कुनै पनि पक्षमा नलागी तटस्थ नेताले पहिचानवादी मोर्चा बनाउँन लागेका हुन् ।

पूर्वलिम्बुवान् नेता खगेन्द्र माखिम र डा. महेन्द्र लावती समूहले पहिचानवादी मोर्चा घोषणा गर्दैछन् ।  यसअघि माखिमले सङ्घीय लिम्बुवान् राज्य परिषद्लाई जसपासँग एकता गराएका थिए । तर, जसपा नै सग्लो नरहेपछि पहिचानवादी मोर्चा बनाउने भएका हुन् । जसको घोषणा बिहीबार काठमाडौंमा हुँदैछ ।

प्राध्यापक डा. महेन्द्र लावती पनि सोही मोर्चामा सक्रिय रहनेछन् । “हामीले तीन दिनसम्म बृहत् छलफल गरेर निष्कर्ष निकालेका हौँ । हामी उपेन्द्रजी वा अशोकजीसँग छैनौँ । हामी मोर्चामा हुनेछौँ,” लावतीले भने ।

गत वैशाख १५ को उपनिर्वाचनमा यो समूहले पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई समर्थन गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending