Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

माओवादीले मन्त्रीको नाम दिन नसक्दा गण्डकीमा मन्त्रीपरिषद् विस्तार रोकियो

भागबण्डामा अझै रह्याे किचलो

खबरडबली संवाददाता

पोखरा । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गण्डकीमा मन्त्रीको नाम दिन नसक्दा गण्डकी मन्त्रीपरिषद् विस्तार रोकिएको छ । चैत २५ गते मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादी दलका नेता हरिबहादुर चुमान अहिले अर्थमन्त्री छन् ।

सोही समयमा विनाविभागीय मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भौतिक मन्त्रालय सम्हालेका छन् ।  सोमबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट २ जना मन्त्री थपे । पहिलो क्याबिनेटमा अर्थमन्त्री रहेकी सीता कुमारी सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने पहिले कृषिमन्त्री बनेका बेदबहादुर गुरुङ अहिले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।

अहिलेसम्म एमालेबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री बनिसकेका छन् भने माओवादीका एक र स्वतन्त्र एक जना मन्त्री बनेका छन्। ७ सदस्यीय मन्त्रीपरिषदमा अझै २ मन्त्रालय  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालय खाली रहेकाे छ । माओवादीले बाँकी २ वटै मन्त्रालयमा आफ्नो दाबी गरेको छ ।

३ मन्त्रालयमा आफ्नो अडान कायम रहेको माओवादी प्रमुख सचेतक कुसुम बुढाले बताइन् । नयाँ कार्यकालपछि बनेका २ वटै सरकारमा माओवादीले २–२ जना मन्त्रीमात्रै पाएको थियो । पहिलो क्याबिनेटमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री थिए ।

दोस्रो क्याबिनेटमा कांग्रेसका ५ र माओवादीका २ मन्त्री थिए । मुख्यमन्त्रीको दाबी गरिरहेका चुमान मन्त्रीमै फर्किएका छन् । तर उनले आलोपालो सरकार चलाउने सहमति भएको बताउन छोडेका छैनन् ।

२ वटामात्रै मन्त्रालय माओवादीले पाउँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिने भएको छ । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई व्यवस्थापन गर्नुपर्ने एउटा अवस्था छ भने पार्टीभित्रका अन्य नेताहरूको ‘सेटलमेण्ट’ अर्को चुनौती  रहेकाे  बुढाले बताइन् । 

देवकोटाले सर्वोच्चमा कांग्रेसले हालेको रिटको आदेश कुरेका छन् । त्यसबाहेक माओवादीभित्र सांसदैपिच्छे मन्त्रीको दाबी छ । प्रमुख सचेतक बुढा आफैँ मन्त्रीको दौडमा छन् भने म्याग्दीका हरि भण्डारी, नवलपुरकी दमयान्ती रुचाल पनि दौडधुप गरिरहेका छन् । गण्डकीमा माओवादीका ८ सांसद छन् । त्यसमध्ये कृष्ण धिताल सभामुख बनिसकेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी सर्वोच्चमा परेको रिटको अन्तिम आदेश नआउँदासम्म अब सरकार विस्तार गर्ने योजनामा छैनन् । उनले माओवादीलाई ३ मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । ३ मन्त्रालय माओवादीलाई दिएर मिलाउन नसकिने बताए । पछिल्लो शपथ ग्रहणमा उनले तत्कालका लागि काम गर्न मन्त्री पुगेको प्रतिक्रिया दिएका थिए । 

अधिकारीलाई गुट चलाएको आरोप एमालेभित्र छ । उनले थपेका २ मन्त्री पुरानै अनुहार हुन् भने उनका विश्वास पात्र पनि ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending