Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

माओवादीले मन्त्रीको नाम दिन नसक्दा गण्डकीमा मन्त्रीपरिषद् विस्तार रोकियो

भागबण्डामा अझै रह्याे किचलो

खबरडबली संवाददाता

पोखरा । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गण्डकीमा मन्त्रीको नाम दिन नसक्दा गण्डकी मन्त्रीपरिषद् विस्तार रोकिएको छ । चैत २५ गते मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादी दलका नेता हरिबहादुर चुमान अहिले अर्थमन्त्री छन् ।

सोही समयमा विनाविभागीय मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भौतिक मन्त्रालय सम्हालेका छन् ।  सोमबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेबाट २ जना मन्त्री थपे । पहिलो क्याबिनेटमा अर्थमन्त्री रहेकी सीता कुमारी सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने पहिले कृषिमन्त्री बनेका बेदबहादुर गुरुङ अहिले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।

अहिलेसम्म एमालेबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री बनिसकेका छन् भने माओवादीका एक र स्वतन्त्र एक जना मन्त्री बनेका छन्। ७ सदस्यीय मन्त्रीपरिषदमा अझै २ मन्त्रालय  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालय खाली रहेकाे छ । माओवादीले बाँकी २ वटै मन्त्रालयमा आफ्नो दाबी गरेको छ ।

३ मन्त्रालयमा आफ्नो अडान कायम रहेको माओवादी प्रमुख सचेतक कुसुम बुढाले बताइन् । नयाँ कार्यकालपछि बनेका २ वटै सरकारमा माओवादीले २–२ जना मन्त्रीमात्रै पाएको थियो । पहिलो क्याबिनेटमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री थिए ।

दोस्रो क्याबिनेटमा कांग्रेसका ५ र माओवादीका २ मन्त्री थिए । मुख्यमन्त्रीको दाबी गरिरहेका चुमान मन्त्रीमै फर्किएका छन् । तर उनले आलोपालो सरकार चलाउने सहमति भएको बताउन छोडेका छैनन् ।

२ वटामात्रै मन्त्रालय माओवादीले पाउँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिने भएको छ । माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई व्यवस्थापन गर्नुपर्ने एउटा अवस्था छ भने पार्टीभित्रका अन्य नेताहरूको ‘सेटलमेण्ट’ अर्को चुनौती  रहेकाे  बुढाले बताइन् । 

देवकोटाले सर्वोच्चमा कांग्रेसले हालेको रिटको आदेश कुरेका छन् । त्यसबाहेक माओवादीभित्र सांसदैपिच्छे मन्त्रीको दाबी छ । प्रमुख सचेतक बुढा आफैँ मन्त्रीको दौडमा छन् भने म्याग्दीका हरि भण्डारी, नवलपुरकी दमयान्ती रुचाल पनि दौडधुप गरिरहेका छन् । गण्डकीमा माओवादीका ८ सांसद छन् । त्यसमध्ये कृष्ण धिताल सभामुख बनिसकेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी सर्वोच्चमा परेको रिटको अन्तिम आदेश नआउँदासम्म अब सरकार विस्तार गर्ने योजनामा छैनन् । उनले माओवादीलाई ३ मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । ३ मन्त्रालय माओवादीलाई दिएर मिलाउन नसकिने बताए । पछिल्लो शपथ ग्रहणमा उनले तत्कालका लागि काम गर्न मन्त्री पुगेको प्रतिक्रिया दिएका थिए । 

अधिकारीलाई गुट चलाएको आरोप एमालेभित्र छ । उनले थपेका २ मन्त्री पुरानै अनुहार हुन् भने उनका विश्वास पात्र पनि ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending