Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छः सांसद दुर्गाकुमारी गुरुङ

खबरडबली संवाददाता

काठमाडौं ।  मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघिबढ्नुपर्छ । राजनीतिलाई स्थायित्व प्रदान गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई सुदृढ गर्दै देशलाई समृद्धितर्फको यात्रामा लैजानुपर्ने विषयमा केही ढिलासुस्ती र कमीकमजोरी भएको छ ।

राजनीतिक परिवर्तनपछि पनि जनअपेक्षाअनुरुप सुशासन कायम हुन भएको छैन । जनताले राज्यबाट प्रदान गरिने सेवासुविधा सहज रूपमा प्राप्त गर्न कठिनाइ अनुभव गरिरहेका छन् । 

कानुन निर्माणका निम्ति सरकार, संसद् र सांसदहरूको जति सक्रियता हुनुपथ्र्यो त्यो नभएको हो कि भन्ने हामीलाई नै महसुस भएको छ । सबै पक्षका सहमति र विश्वासमा अघि बढाउनुपर्ने हुँदा गति कमजोर छ । गुणस्तरीय कानुन निर्माणमा ढिलाइ भएकै कारण विगतको द्वन्द्वका पीडित हुन् वा पछि बलात्कारबाट ज्यान गुमाउनुपरेकी निर्मला पन्तका परिवारले पनि न्याय पाउन सकेका छैनन् ।

हामीजस्ता दूरदराजबाट आएका विधायकलाई ऐन बनाउनुअघि कानुनी पाटो–पक्षमा जति प्रशिक्षण र जानकारी गराउनुपर्ने थियो, त्यो नभएको जस्तो पनि लागेको छ । बनाइएका कानुन गुणस्तरीय भएन भने त्यसले कहाँ र कसरी असर पुर्याउन सक्छ भनी सांसदहरूलाई नियमित प्रशिक्षण दिन आवश्यक छ । 

मुलुकको राजनीतिक वृत्तमा देखिएको गठबन्धनको शैलीले दल विशेषको आदर्श र सिद्धान्तलाई कमजोर बनाएको छ । गठबन्धन गर्नेभन्दा समाजमा राम्रो काम गरी चुनावमा जनताको मन जित्ने काम गर्न आवश्यक छ । मेरो परिवार तत्कालीन माओवादी विद्रोहीहरूबाट पीडित हो । गत आमनिर्वाचनमा नेपाली कांग्रेसले उसैसँग गठबन्धन गर्यो । चुनावमा उसैलाई सहयोग गर्नुपर्यो । दलको नेतृत्वले चालेका कदम चित्त बुझे पनि नबुझे पनि सहयोग गर्नैपर्ने अवस्था आयो । यस्तो कार्यप्रति पार्टीभित्र मेरो असहमति छ ।

दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले जनताले भेट्दा त्यहाँका समस्या र आवश्यकताका विषय बढी उठाउनुहुन्छ । कानुनका विषय पनि उठ्छन् नै । हामीले कानुन र विकास दुवैलाई तालमेल गर्दै लैजानुपर्छ । 

राष्ट्रियसभालाई एउटा समावेशी र प्रबुद्ध वर्गको प्रतिनिधित्व रहेको सभा भएकाले त्यहाँ समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका र राष्ट्रिय राजनीतिमा ओझेलमा परेका व्यक्तिलाई समेट्ने कोसिस भएको छ । मेरा श्रीमान् ९यज्ञबहादुर गुरुङ० जिल्ला खेलकुदको अध्यक्ष र तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो । विसं २०५८ पुस २७ गते विद्रोही पक्षको आक्रमणमा पर्नुभयो । म द्वन्द्वपीडित परिवार हुँ । अहिले पार्टीले यो जिम्मेवारीमा पुर्याएको छ । न्याय पाएँ भन्ने महसुस पनि भएको छ । 

अहिले देशमा भ्रष्टाचार मौलाउनुमा उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको दोष छ । भ्रष्टाचारकै कारण व्यक्ति मोटाउने, देश दुब्लाउने जस्तो विषम परिस्थिति छ । सामान्य जनताले पैसा नखुवाई काम बन्दैन । पहुँच र प्रभावका आधारमा निर्णय र अवसर प्राप्त गर्ने परिस्थिति छ । लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई सुदृढ तुल्याउन कानुन कार्यान्वयनमा जोड दिनुपर्छ । राजनीतिक नेताले नहुने र नसक्ने कुरामा पनि आश्वासन बाँड्ने कार्य बन्द गर्नुपर्छ ।

चुनाव जितेपछि पनि दलहरूले मतदाताका बीचमा पुग्ने र समस्या बुझ्ने काम गर्नुपर्छ । जनतालाई सेवासुविधा घरदैलोबाटै सहज र सुलभ ढङ्गबाट प्रदान गर्न सक्नुपर्छ । जनताले न्याय, सुशासनको अनुभूति गर्न पाउनुपर्छ । अहिले पार्टीमा योगदान दिने निष्ठावानभन्दा चुनावमा खर्च गर्ने मानिसलाई प्राथमिकता दिने जस्तो देखिएको छ । 

एउटा व्यक्ति जीवनभर पार्टीमा लागेर सर्वस्व गुमाउने अनि अवसर भने कहिल्यै नपाउने हुनुहुन्न । चुनावमा पैसा खर्च गर्नेले पछि खर्च उठाउन खोज्दा भ्रष्टाचार बढ्न जान्छ । कतिपय साथीकोे चुनावको ऋण अझै थुप्रै रहेको र तिर्न नसकेको गुनासो सुन्न परिरहेको छ ।

युवा, विद्यार्थीको दैनिक रूपमा भइरहेको विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ । स्वदेशमै बस्ने र रमाउने वातावरण बनाउनुपर्छ । राजनीतिक अस्थिरता रोक्नुपर्छ । रोजगारी दिलाउने उद्योग, कलकारखाना खोल्न र विकास निर्माणका आयोजना अघि बढाउनुपर्छ । शिक्षा गुणस्तरीय र रोजगारीसँग जोड्ने हुनुपर्छ । 

छोराछोरीले रोजगारी पाएर आफ्नै घरआँगनमा बस्ने अवस्था भइदिएको भए कति आनन्द हुन्थ्यो रु राजनीति सत्तास्वार्थमा रुमल्लिएका कारण देश र जनताले दुःख पाइरहेका छन् । जनता पनि विदेश जानुभन्दा आफ्नो घरआँगनमा सानोतिनो भए पनि रोजगारीमा लाग्नुपर्छ ।

गरिब तथा सीमान्तकृत वर्गलाई सहयोग गर्नुको साटो उनीहरूले दुःख गरेर कमाएको पैसा सहकारीले नाममा खाइदिने प्रवृत्ति बढेको दुःखद हो । यसले धेरैलाई पिरोलेको छ । राज्य संयन्त्रले त्यस्ता कर्ममा लागेकालाई कानुनको कठघरामा ल्याउनुपर्छ । अनिमात्र राज्यप्रति जनविश्वास बढ्छ ।

सांसद गुरुङको परिचय     

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का स्थायी बासिन्दा राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले २०४८ मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिमा प्रवेश गरेकी हुन् ।

माओवादी द्वन्द्वमा पति यज्ञबहादुर गुरुङ गुमाएकी उनलाई पार्टीले विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिफारिस गरेको थियो । 

उनी राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सदस्य पनि रहेकी छन् ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending