Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो ।

यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल कुहाउने औँसा नियन्त्रणका लागि छरिएको हो, प्रोटिन वेटमा कीरा आकर्षण हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र कीरा मर्छ, त्यसैले जुनारको फलमा अण्डा पार्न सक्नैन्, जसले गर्दा किराको औँसा विकास हुँदैन र फल जोगाउन सक्छौँ ।”

यतिबेला बोटमा जुनारको फल गुच्चा आकारको भएको छ । प्रोटिन–वेट बगैँचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा छर्कने गरिएको छ । जुनार बगैँचामा प्रोटिन–वेट छर्किन स्प्रेकर्तालाई तालिम दिएर बगैँचामा खटाइएको छ । यतिबेला स्प्रेकर्ता आफ्नो स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउँदै जुनार बगैँचामा प्रोटिन वेट छरिरहेका देख्न सकिन्छ । फलेका तीन बोटमध्ये एक बोट जुनारको निश्चित ठाउँमा चिन्ह लगाइ एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन–वेटको घोल साताको एक पटक १० सातासम्म स्प्रे गर्नुपर्ने हुन्छ ।

सात वर्षअघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने गरिएको छ । प्रोटिन–वेट विषादी छर्केपछि जुनारको दाना कुहाउने तथा औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रणमा आएको जुनार कृषक नारायण सापकोटाको भनाइ छ । 

उनले अघिल्लो वर्ष दुई सय बोटको जुनार बिक्री गरेर पाँच लाख आम्दानी गरेकाम थिए । कृषक सापकोटाको बगैँचामा अहिले तीन सय ५० जुनारका बोट छन् । उनले जुनार बगैँचाभित्र लसुन, प्याजलगायत तरकारीजन्य खेती पनि गर्ने गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको तथ्याङ्कलाई आधार मान्दा सिन्धुलीमा हाल एक हजार ५० हेक्टरमा जुनारको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिका तथा कमलामाई नगरपालिकाको वडा नं ३ जुनारका ‘पकेट क्षेत्र’ हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending