Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै योजनाको सम्झौता र भुक्तानी

खबरडबली संवाददाता

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । 

वडा नं. १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताए । भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । वडाध्यक्ष रानामगरका अनुसार गाउँपालिका धाइरहनुपर्ने हुदाँ योजनाको निर्माणका लागि उपभोक्ता समितिमा रहेर काम गर्न स्थानीय अग्रसर नहुने समस्या समेत हुने गरेको थियो ।

 गाउँपालिका उपाध्यक्ष माया सिलवालले रु। पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको व्यवस्था गरिएको बताइन् । उपाध्यक्ष सिलवालका अनुसार सो साना आयोजनाको अनुगमन पनि वडा समितिबाट नै गर्ने व्यवस्था गरिएको छ । उनले भनन्,“हामीले साना पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको समेत व्यवस्था गरेका छौँ, ती योजनाको वडा समितिबाट नै अनुगमन हुन्छ, सहजताका लागि प्रत्येक वडामा प्राविधिक राखेका छौँ ।” उनका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै भुक्तानी हुनेछ । गाउँपालिकाले योजनाको भुक्तानी वडाबाटै गर्ने व्यवस्था मिलाएर नागरिकलाई गाउँगाउँमा सिंहदरवारको अनुभूति गराउन खोजिएको उपाध्यक्ष सिलवालले सुनाए ।

साथै उपाध्यक्ष सिलवालले योजना निर्माण सम्पन्न गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रकृयाका बारेमा उपभोक्ता समितिलाई तालिम समेत दिइने गरेको बताइन् । यस आर्थिक वर्षमा गाउँपालिकाबाट उपभोक्ता मार्फत् सञ्चालन भएका ४७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेको उनको भनाइ छ । उपाध्यक्ष सिलवालका अनुसार आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि बेलैमा योजना सम्झौता गरी कार्यान्वयन गरिएकोले उपभोक्ता समिति मार्फत् निर्माण हुने काम सकिन लागेको हो ।

वडा नं. २ का स्थानीय रामबहादुर चेपाङले साना योजनाको सम्झौता र भुक्तानी गर्न पटकपटक गाउँपालिका धाइरहनुपर्ने अवस्थाको अन्त्य भएपछि समयको वचत र आर्थिकभार समेत कम हुने गरेको बताए । उनका अनुसार साना साना योजना सम्झौता र भुक्तानकिा लागि पनि गाउँपालिका कार्यालय धाइरहनुपर्ने भएकाले उपभोक्ता समितिमा नै बस्न नखोज्ने जस्ता समस्या हुने गरेका थिए ।

गाउँपालिकामा सात वटा वडा रहेको छ । भौगोलिक विकटताका कारण साना साना योजनाको सम्झौता र भूक्तानीका लागि गाउँपालिका धाइरहनु पर्दा उपभोक्ता समितिले सास्ती बेहोर्नु परेको थियो  ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending