Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै योजनाको सम्झौता र भुक्तानी

खबरडबली संवाददाता

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । 

वडा नं. १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताए । भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । वडाध्यक्ष रानामगरका अनुसार गाउँपालिका धाइरहनुपर्ने हुदाँ योजनाको निर्माणका लागि उपभोक्ता समितिमा रहेर काम गर्न स्थानीय अग्रसर नहुने समस्या समेत हुने गरेको थियो ।

 गाउँपालिका उपाध्यक्ष माया सिलवालले रु। पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको व्यवस्था गरिएको बताइन् । उपाध्यक्ष सिलवालका अनुसार सो साना आयोजनाको अनुगमन पनि वडा समितिबाट नै गर्ने व्यवस्था गरिएको छ । उनले भनन्,“हामीले साना पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको समेत व्यवस्था गरेका छौँ, ती योजनाको वडा समितिबाट नै अनुगमन हुन्छ, सहजताका लागि प्रत्येक वडामा प्राविधिक राखेका छौँ ।” उनका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै भुक्तानी हुनेछ । गाउँपालिकाले योजनाको भुक्तानी वडाबाटै गर्ने व्यवस्था मिलाएर नागरिकलाई गाउँगाउँमा सिंहदरवारको अनुभूति गराउन खोजिएको उपाध्यक्ष सिलवालले सुनाए ।

साथै उपाध्यक्ष सिलवालले योजना निर्माण सम्पन्न गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रकृयाका बारेमा उपभोक्ता समितिलाई तालिम समेत दिइने गरेको बताइन् । यस आर्थिक वर्षमा गाउँपालिकाबाट उपभोक्ता मार्फत् सञ्चालन भएका ४७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेको उनको भनाइ छ । उपाध्यक्ष सिलवालका अनुसार आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि बेलैमा योजना सम्झौता गरी कार्यान्वयन गरिएकोले उपभोक्ता समिति मार्फत् निर्माण हुने काम सकिन लागेको हो ।

वडा नं. २ का स्थानीय रामबहादुर चेपाङले साना योजनाको सम्झौता र भुक्तानी गर्न पटकपटक गाउँपालिका धाइरहनुपर्ने अवस्थाको अन्त्य भएपछि समयको वचत र आर्थिकभार समेत कम हुने गरेको बताए । उनका अनुसार साना साना योजना सम्झौता र भुक्तानकिा लागि पनि गाउँपालिका कार्यालय धाइरहनुपर्ने भएकाले उपभोक्ता समितिमा नै बस्न नखोज्ने जस्ता समस्या हुने गरेका थिए ।

गाउँपालिकामा सात वटा वडा रहेको छ । भौगोलिक विकटताका कारण साना साना योजनाको सम्झौता र भूक्तानीका लागि गाउँपालिका धाइरहनु पर्दा उपभोक्ता समितिले सास्ती बेहोर्नु परेको थियो  ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending