तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा घर टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।
संरचना हटाउने प्रयोजनका लागि रीतपूर्वक पेस भएका निवेदकलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर घर भत्काउन ढिलाइ गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।
उनले भने, “सरोकारवालासँग पटक-पटक समन्वय, सहकार्य, सहजीकरण र परामर्श गरिए पनि कतिपयले क्षतिपूर्ति रकम बुझ्ने तर संरचना नभत्काउने गरेकाले सडक स्तरोन्नतिमा अवरोध भएको छ ।” सडक विस्तारको अवरोधले नगर क्षेत्रमा धुँलो, धुँवा र अस्तव्यस्तता भएको उहाँले बताउनुभयो । दुलेगाैँडा, खैरेनीटार र गाछेपानी लगायतका स्थानमा राजमार्गको सडक क्षेत्राधिकारभित्र पर्ने २५ मिटर दायाँबायाँभित्रका संरचना स्वतःस्फूर्त रुपमा हटाइ समन्वय र सहजीकरण गर्न पण्डितले आग्रह गरे ।
उनले भने, “संरचना हटाउन जति ढिलाइ भयो आयोजनाको कामले त्यति गति लिनसक्दैन । संरचना नहटाइ बाधा व्यवधान उत्पन्न गरेमा प्रचलित कानुन बमोजिम सडकको मापदण्डभित्रका संरचना हटाइने छ ।” सडक स्तरोन्नतिका क्रममा स्थानीयवासीलाई पर्ने पिरमर्काको विषयमा आवश्यक पैरवीका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको पण्डितले बताए ।
पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।
पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण अगाडि बढाइएको छ । पश्चिम खण्डको काम केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।
पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । उक्त खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: