रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।
रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ । रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।
बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रुपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पुजा, बिवाह व्रतब्न्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रुपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उहाँको सोच थियो ।
जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि रु दुई लाख दिएको हो ।
वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की ब्यवसायी सिर्जना कार्की बताउनुहुन्छ । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी हुनुहुन्थ्यो । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।
ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गर्नुभएको थियो । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले बिक्री गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो “अहिले डढेलोले जङ्गल सखाप पा¥यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।”
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताउनुभएको छ । उहाँले जङ्गलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट वचाउनसमेत अनुरोध गर्नुभयो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...
आषाढ़ २४ गते, २०८३ - १२:०९
काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...
आषाढ़ २४ गते, २०८३ - ११:५९
रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...



प्रतिकृया लेख्नुहोस्: