मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो ।
पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपालीले ति दुई भिरमा खेल परीक्षण गरेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्दछ । उनले भने,“चट्टान आरोहणलाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ । यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ । यसमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”
गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवापुग्ने भएकाले सहमतिपत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो ।
चामे–५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षणवृद्धि र पर्यटन प्रवर्द्धनका लागि समेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमनवृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ । “पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो । सम्भवतः नेपालकै अग्लो भिरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुनसक्छ”, उनले भने, “म आफैँ पनि आरोहणमा सहभागी भए । यस खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ । त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्द्धनमा जोड दिनुपर्छ ।”
पाँचदिने आरोहण परीक्षणमा नेपाली, विदेशीसहित पालिकाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो । यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सम्पदाको उपयोग गर्न सकिएमा यहाँ अझै बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने उनीहरूको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: