Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हवाई आक्रमणमा १७ विद्रोही र १९ सर्वसाधारणको मृत्यु

\"planeयमन । यमनको उत्तरी प्रान्त हजाहमा आइतबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा १७ सिया हुथी विद्रोहीको मृत्यु भएको समाचार छ । सो प्रान्तमा शृङ्खलाबद्ध रुपमा गरिएको यस आक्रमणमा ती व्यक्ति मारिएका सरकार र प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो हवाई आक्रमणमा अब्स जिल्लामा अवस्थित विद्रोहीसँगआवद्ध अब्सको हतियारधारी शिविरमा नयाँ भर्ना हुन आएका १७ विद्रोही मरिएका र अरु दर्जनौं विद्रोही घाइते भएका एक सरकारी अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्  । आइतबार बिहान सबेरैबाट विद्रोहीलाई लक्ष्यगरी १५ वटा हवाई आक्रमण गरिएको  जनाइएको छ । सो आक्रमणको सम्पूर्ण क्षतिको बारेमा भने केही बताइएको छैन । विद्रोहीलाई लक्ष्यगरी पटक पटक गरिएको यस हवाई आक्रमणमा १९ जना कामदारको समेत मृत्यु भएको जनाइएको छ । सो भर्ती केन्द्रमा कार्यरत ती कामदार पनि सोही कारबाहीमा मारिएका बताइएको हो । स्थानीय बासिन्दा र प्रयत्क्षदर्शी दुवैले यी दुबै घटनाको पुष्टि गरेका समाचारमा जनाइएको छ । इरानको समर्थन रहेका यमनका हुथी विद्रोही विरुद्ध गत मार्चको २६ यता साउदी अरेवियासँग आवद्ध हवाई आक्रमण सुरु भएको थियो । यमनका राष्ट्रपति अब्द रब्बु मन्सोउर हादी भागेर साउदी अरेबियाको शरणमा  पुगेपछि सो हवाई आक्रमण सुरु भएको थियो । संयुक्त राष्ट्रसंघद्वारा जारी एक प्रतिवेदनकाअनुसार यमनमा गत पाँच महिनायता जारी द्वन्द्वको क्रममा कम्तीमा ६ हजार २२१ जना मारिएका छन्  । मारिएका ती व्यक्तिहरुमा १ हजार ९५० जना सर्वसाधारण रहेका जनाइएको छ । जारी यस द्वन्द्वमा ४ हजार २७१ व्यक्ति घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस ÷सिन्ह्वा अफगानिस्तानमा ७० तालिवान र आठ सैनिक मारिए काबुल । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँको सेनाले तालिवान विद्रोही विरुद्ध जारी राखेको कारबाही तथा तालिवान र सैनिकबीचको झडपमा परी कम्तीमा पनि ७० जना तालिवान मारिएका छन् । सो कारबाहीका क्रममा अरु आठ सैनिक पनि मारिएको समाचार सोमबार सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । अफगान गृह मन्त्रालयले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आइतबार बिहानदेखि जारी यस कारबाहीका क्रममा ७० आतङ्ककारी मारिनुको साथै ४३ घाइते भएका र केहीजना पक्राउ परेको जनाइएको छ । देशको विभिन्न भागमा जारी यस कारबाहीको क्रममा तालिवानसँगको झडप र आतङ्ककारीले गरेका बम आक्रमणमा कम्तीमा आठ अफगान सेनाले पनि ज्यान गुमाएका जारी विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको समाचार छ । प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४  घन्टाभित्र ती तालिवान मारिएका हुन् । जारी कारबाहीको क्रममा अफगान सेनाले बमहरु निष्क्रिय पार्नुको साथै ठूलो सङ्ख्यामा हातहतियार पनि कब्जा गरेको पनि जनाइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । केही दिनयता भएको तालिवान विरुद्धको कारबाहीका क्रममा यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुको आक्रमणमा सर्वसाधारण र सुरक्षाकर्मीको पनि ज्यान जाने क्रम भने जारी रहेको छ । अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । सन् २००१ को अन्त्यमा अफगानिस्तानको शासन सत्ताबाट अपदस्थ भएका तालिवान आतङ्ककारी समूहले एम्बुस र आत्मघाती आक्रमण गर्दै सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको हत्या गर्दै आएको पाइन्छ । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending