काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन्। बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
त्यसका लागि बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
मुख्यमन्त्री सोडारीलाई अन्तिम समयमा समर्थन गरेर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एमालेले विश्वासको मत दिने विषयमा स्पष्ट निर्णय गरेको छैन। आन्तरिक तयारी नभएको र विश्वासको मत लिने समय अझै धेरै बाँकी रहेकोले हतार नगर्न भन्दै एमालेले विश्वासको मत लिने समय सार्नुपर्ने जनाएको छ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेशसभा सदस्यले गैर संवैधानिक, गैरप्रजातान्त्रिक र संसदीय मर्यादा विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
दुवै दलले संसद् भित्र र बाहिरबाट प्रतिवाद गर्दै सदन चल्न नदिने चेतावनी दिएका छन्। यसअघि मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर चौधरिलाई प्रदेश प्रमुखले पूर्वाग्रह तरिकाले पाखा लगाएको भन्दै सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिनु कानुन र अदालतको मर्यादा विपरीत भएको उनीहरूको ठहर छ।
वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम समाजवादी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर दुई जना सदस्य, स्वतन्त्र सदस्यको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्रीले हाल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्। अन्य मन्त्रालय उनले आफैँसँग राखेका छन्।
प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी उनको छ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र पार्टीका एक एक सांसद छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: