Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताएको छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिताजगत्ले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।
 
उनले भने, “नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ, सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसात् गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी हो ।”

विश्वव्यापी आर्थिक सङ्कटको संवेदनशील घडीमा सञ्चारजगत् र पत्रकारिता पेसालाई पारेको असरबारे आफू जानकार रहेको प्रदेश प्रमुख भट्टले बताए । उनले आर्थिक सङ्कटले सञ्चार संस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।

नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण आवश्यक रहेको उनले बताए । प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्रको विकास र सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगर प्रतिबद्ध रहेको बताए। सञ्चार क्षेत्रले आफूलाई एकताबद्ध बनाउँदै नागरिक अधिकार स्थापित गर्नका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिए।

प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले अग्रसरता लिनुपर्ने बताए। साधारणसभाको उद्घाटन सत्रमा महासङ्का केन्द्रीय सदस्यहरु सरिता तिमिल्सिना पँगेनी, छविलाल तिवारी, प्रदीप काफ्ले, महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष दीपक भटट्टराई महासचिव गोविन्द सुवेदी, पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका अध्यक्ष अर्जुन काफ्ले समाजवादी प्रेस सङ्गठनका अध्यक्ष गणेश पौडेललगायतले स्वतन्त्र पत्रकारिता र पत्रकारको हकहित तथा अधिकारका बारेमा चर्चा गरेको थिए । 

सो अवसरमा प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी र पत्रकार महासङ्घ म्याग्दी शाखालाई उत्कृष्ट शाखाबाट सम्मान गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending