Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताएको छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिताजगत्ले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।
 
उनले भने, “नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ, सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसात् गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी हो ।”

विश्वव्यापी आर्थिक सङ्कटको संवेदनशील घडीमा सञ्चारजगत् र पत्रकारिता पेसालाई पारेको असरबारे आफू जानकार रहेको प्रदेश प्रमुख भट्टले बताए । उनले आर्थिक सङ्कटले सञ्चार संस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।

नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण आवश्यक रहेको उनले बताए । प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्रको विकास र सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगर प्रतिबद्ध रहेको बताए। सञ्चार क्षेत्रले आफूलाई एकताबद्ध बनाउँदै नागरिक अधिकार स्थापित गर्नका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिए।

प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले अग्रसरता लिनुपर्ने बताए। साधारणसभाको उद्घाटन सत्रमा महासङ्का केन्द्रीय सदस्यहरु सरिता तिमिल्सिना पँगेनी, छविलाल तिवारी, प्रदीप काफ्ले, महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष दीपक भटट्टराई महासचिव गोविन्द सुवेदी, पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका अध्यक्ष अर्जुन काफ्ले समाजवादी प्रेस सङ्गठनका अध्यक्ष गणेश पौडेललगायतले स्वतन्त्र पत्रकारिता र पत्रकारको हकहित तथा अधिकारका बारेमा चर्चा गरेको थिए । 

सो अवसरमा प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी र पत्रकार महासङ्घ म्याग्दी शाखालाई उत्कृष्ट शाखाबाट सम्मान गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबैभन्दा धनी मन्त्री रघुवीर महासेठको सम्पत्ति कति छ ?

काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पति अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ । महतोको नाममा जनकप...

श्रम मन्त्री अर्यालको सम्पत्ति : १५० तोला सुन, काठमाडौंसहित १२ ठाउँमा जग्गा (विवरणसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी)अर्यालले सम्पति विवरण सार्वजनिक गरेको छन्  । सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरण...

सहरी विकासमन्त्री धनबहादुरको सम्पत्तिः काठमाडौँमा २ वटा घर, १५० तोला सुन

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको...

नारायणकाजीको सम्पत्ति सार्वजनिकः १ लाख २२ हजार नगद र प्रचण्डले दिएको एउटा गाडी

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पती विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा आफ्नो ...

कति छ रवि लामिछानेको सम्पत्ति ? सुनमात्रै ८० तोला

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको...

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनु...

राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरे...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेल...

नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवर...

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies